नेविसंघकाे असन्तुष्ट पक्षद्वारा पार्टी कार्यालय सानेपामा रिले अनशन सुरु

काठमाडौँ । अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस निकट नेविसंघका असन्तुष्ट पक्षले पार्टी कार्यालय सानेपामा रिले अनशन सुरु गरेका छन् । म्याद सकिसकेको असक्षम सभापतिलाई खारेज गरि नयाँ पदाधिकारीसहितको विधान सम्मत कमिटी ल्याउनुपर्ने भन्दै नेविसंघ वृहत संघर्ष समितिले शनिबारबाट रिले अनशन सुरु गरेका हुन् । अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको बेला जथाभावी जिम्मेवारी तोकेको भन्दै ती निर्णयहरु खारेज गर्नुपर्ने माग असन्तुष्ट पक्षले राख्दै आएको छ ।
उनीहरुले असंवैधानिक सभापतिले गरेको सम्पूर्ण चिठी खारेज हुनुपर्ने, १२ आगामी महाविधेशनको सुनिश्चित गरिनुपर्ने माग राखेका छन् । पार्टी कार्यालय सानेपामा अनशन बस्दै नेविसंघका कार्यकर्ता अंशुल केसीले म्याद सकिसकेको अध्यक्षले संगठन विरोधी काम गरेको र पार्टीले दिएको म्यान्डेडअनुसार महाधिवेशनको तयारी गर्न नसकेको आरोप लगाए । उनले विधि विधानमा टेकेर नयाँ कमिटी गठन गर्नुपर्ने माग रहेको समेत बताए ।
यसअघि कांग्रेसका सभापति शेरबहादुर देउवाले एक वर्षअघि दुजाङ शेर्पालाई नेविसंघको अध्यक्षमा नियुक्त गरेका थिए भने स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्ने जिम्मेवारी तोकिएको थियो । तोकिएको समयअवधि भित्र पनि शेर्पाले आफ्नो जिम्मेवारी पूरा नगरेकाले पुरानो कार्यसमिति खारेज गर्दै नयाँ कार्यसमिति गठन गर्नुपर्ने माग असन्तुष्ट पक्षको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलन चर्काउने शिक्षकहरूको चेतावनीपछि विद्यालय शिक्षा विधेयक द्रुत गतिमा अगाडि बढाउन आग्रह
-
एकीकृत समाजवादीको कार्यालयमा आगजनी, तस्बिरहरू
-
बालकुमारीमा सरकारी जिपमा आगजनी
-
पूर्वराजा समर्थकहरुको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक
-
गणतन्त्रवादीहरुले गल्ती गरेकै कारण प्रतिगामीहरूले फाइदा लिइरहेका छन्ः प्रचण्ड
-
अपडेट : राजधानीको यी स्थानमा कर्फ्यु