स्वर्णिम वाग्ले : अब जनतालाई ‘डेलीभरी’ दिने राजनीतिमा अघि बढ्नुपर्ने बेला आएको छ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका डा.स्वर्णिम वाग्लेले नेपाल बनाउन ढिलो भएको बताउँदै महाअभियानमा होमिएको बताएका छन् । शनिवार गरिएको पत्रकार सम्मेलनमा बोल्दै वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई तनहुँ १ को उम्मेदवार बनाएको उल्लेख गर्दै आफूले पार्टी परिवर्तन गर्नुलाई ‘पोलिटिकल पाराडाइम सिफ्ट’ को रुपमा रहेको बताए ।
उनले विश्वका धेरै देशहरुको उदाहरण दिएर नेपाल पछि परेको बताउँदै नेपालको आर्थिक सामाजिक लक्ष्यहरुलाई स्पष्ट पारेर जनतामा गई विकासको काम अघि बढाउनुपर्ने बताए । अहिलेको जनगणना हेर्दा नेपाल विस्तारै बुढापाकाहरु धेरै हुने समाजमा परिवर्तन हुँदै गएको बताउँदै उनले यसप्रति सजग हुँदै विकासका मोडलहरु बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने– ‘यहाँ अहिले धैर्य गर्नुपर्थ्यो, कुर्न पर्थ्यो, निगाहका कुरा आएका छन्, कृपाका कुराहरु आएका छन्, तर मैले के भनेको छु भने समय सीमा नै तोकेर अब डेलिभरीको राजनीतिमा हामीले नेपालको राजनीतिलाई कोल्टे फेराउनुपर्छ भन्ने मलाई लाग्छ ।’
राजनीतिक परिवर्तनका लागि मात्रै नेपालको राजनीति पचास साठी वर्ष त्यसै रुमल्लिएको बताउँदै उनले अब कुरेर, धैर्य गरेर, जेल नेल भोगेर भत्ता खाने उमेरमा सम्मानित पदमा जाने भन्दा पनि जनतालाई ‘डेलभरी ’ दिने राजनीतिमा अघि बढ्नुपर्ने बताए ।
उनले भने– ‘सिधै जनतामा जाने, उनीहरु कस्ता कस्ता उम्मेदवार चाहन्छन् वा पार्टीका सदस्यहरुले नै छान्ने, एक सुकाको पनि त्यहाँ ट्रान्जेक्सन हुनु भएन र सिधै आफ्नो निश्चित समयमा काम गर्नका लागि एक दुई वा तीन अवधि हो एउटा समय सीमा तोकेर काम गरेको आधारमा जनप्रतिनिधि तोकिनुपर्छ ।’ उनले बेलायतका प्रधानमन्त्री ऋषि सुनकको कामबाट प्रेरणा लिनुपर्ने बताउँदै जनतालाई डेलिभरी गर्ने किसिमको राजनीतिलाई अघि बढाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति युनविरुद्ध पक्राउ वारेन्ट कार्यान्वयनमा बाधा पुर्याएको आरोपमा पनि मुद्दा दर्ता
-
मिर्गौलामा समस्या हुँदा शरीरले दिन्छ यी १० संकेत
-
अभिनेता रायमाझीलाई पितृशोक
-
पर्याप्त बजेट अभावमा चितवन राष्ट्रिय निकुञ्जलाई बाघ पाल्न कठिन
-
ओलीलाई पुनको प्रश्न : दमकमा भ्यू टावर बनाउँदा वरपर ५ हजार सुकुम्वासी छन् भन्ने किन बिर्सनुभयो ?
-
प्रधानसेनापति म्याराथनमा नेपाली सेनाका खड्का प्रथम