मध्य अमेरिकामा आँधीका कारण ३ जनाको मृत्यु, कैयौं घाइते
वासिङ्टन । मध्य अमेरिकामा शुक्रबार आएको शक्तिशाली तुफानमा परी कम्तीमा तीन जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । मौसमविद्ले खतरा जारी रहने चेतावनी दिएका छन् । अमेरिकाका अन्य थुप्रै भागमा आँधीका कारण घर टुक्रा–टुक्रा भई भग्नावशेषमा परिणत भएका छन् । पुलास्की काउन्टीका प्रतिनिधि मेडलिन रोबर्ट्सका अनुसार यस क्षेत्रमा कम्तिमा ५० जना घाइतेलाई अस्पताल भर्ना गरिएको छ ।
यसबाहेक व्याने शहरमा दुई व्यक्तिको मृत्यु भएको छ । अर्कान्ससका गभर्नर साराह हकाबी स्यान्डर्सले आपतकालीन अवस्थाको घोषणा गर्दै राज्यको नेशनल गार्डलाई तम्तयार रहन निर्देशन दिएका छन् । तुफानको असरले गर्दा शुक्रबार राति राज्यभर ७४ हजारभन्दा बढी उपभोक्ता बिजुलीविहीन बनेका थिए । मिसिसिपीमा आएको शक्तिशाली आँधीले कम्तिमा २६ जनाको ज्यान लिएको एक सातापछि टोर्नाडोले यस क्षेत्रमा गम्भीर असर गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक