भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, के गर्ला निगम ?
![भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, के गर्ला निगम ?](https://rpcdn.ratopati.com/media/albums/nepal-oil-corporation_saDWbd7Gx8.jpg)
काठमाडौँ । इण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । प्रत्येक महिनाको १ र १५ तारिखमा आउने मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ । निगमका अनुसार नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ६.८२ रुपैयाँ घटेर आएको छ । यस्तै, पेट्रोलको मूल्य प्रतिलिटर १.७४ रुपैयाँ घटेर आएको छ । यससँगै, डिजेलको खरिद लागत प्रतिलिटर १५२.१७ रुपैयाँ र पेट्रोलको खरिद लागत प्रतिलिटर १६८.१२ रुपैयाँ कायम भएको छ ।
हाल बजारमा डिजेलको बिक्री मूल्य प्रतिलिटर १७५ रुपैयाँ र पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १७८ रुपैयाँ कायम छ । भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार नेपाली बजारमा डिजेलमा निगमलाई प्रतिलिटर २२.८३ रुपैयाँ र पेट्रोलमा ९.८८ रुपैयाँ फाइदा रहेको निगमका प्रबन्ध निर्देशक उमेश थानीले जानकारी दिए ।
यसका साथै, खाना पकाउने एलपी ग्याँसको मूल्य समेट घटेर आएको छ । नयाँ मूल्यसूचीअनुसार एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ९६ रुपैयाँ घटेर आएसँगै घाटा ५०० रुपैयाँमा आइपुगेको छ । हाल निगमले एलपी ग्याँसको बिक्री प्रतिसिलिन्डर १८८ सय रुपैयाँमा बेच्दै आइरहेको छ ।
पेट्रोलियम पदार्थको मूल्य कहिले घट्छ भन्ने प्रश्नमा थानीले भने, ‘सचिवज्यू चीन भ्रमणमा हुनुहुन्थ्यो । उहाँ आज राती मात्रै नेपाल आइपुग्नुहुन्छ । यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसमेत भर्खरै आउनुभएको छ । यसबारे केही निर्णय भइसकेको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण
-
साताको पहिलो कारोबार दिन नेप्से २१ अंकले बढ्यो
-
बालीहरूमा विषादीको प्रयोग नगर्न नार्कको सुझाव
-
राजेन्द्र महतोले जिल्ला प्रशासन कार्यालय खारेजीको अभियान चलाउने
-
जनताको मुद्दामा संसद् र सरकार दुवै निकम्मा देखिए : महर
-
काठमाडौँ महानगरपालिकाले थाल्यो एसईई पूरक परीक्षाको तयारी कक्षा