बारा-२ मा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बारा । बारा निर्वाचन क्षेत्र नम्बर- २ मा वैशाख १० गते हुने उप–निर्वाचनको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा आज एक कार्यक्रमका बिच मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरिएको हो ।
मङ्सिर ४ गते भएको निर्वाचनलाई नै आधार मानेर निर्वाचन कार्यालय बाराले यस पटक पनि ८२ मतदान स्थल र १३७ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज कुमार चौधरीले जनाएका छन् । जिल्ला न्यायाधीश मुकेश उपाध्यायलाई मुख्य निर्वाचन अधिकृत खटाइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटनमा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा ,जिल्ला समन्वय समितिका सभापति नरेन्द्र साह,जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख होविन्द्र बोगटी , सशस्त्र प्रहरी बाराका प्रमुख टोप बहादुर डाँगी, राष्ट्रिय अनुसन्धानका उप–अनुसन्धान निर्देशक अभिनय कुमार सिंह लगायत राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार विधेयकलाई चाँडै टुङ्ग्याउनु पर्नेमा सांसदहरूको जोड
-
मेस्सीको उत्कृष्ट प्रदर्शनपछि हारबाट जोगियो इन्टर मियामी
-
ओली सरकार नालायक र अयोग्य छ : माधव नेपाल
-
प्रहरी प्रधान कार्यालयमा ‘दलित डेस्क’ स्थापना गर्न पत्राचार
-
स्वास्थ्य बिमा कार्यक्रम रोकिएकोबारे संसद्मा उठ्यो प्रश्न
-
पाथीभरा क्षेत्रमा भएको प्रहरी दमनको माओवादीद्वारा विरोध