पञ्जाबमा भएको थियो परिणीति र राघवको पहिलो भेट

मुम्बई । अभिनेत्री परिणिती चोपडा र आम आदमी पार्टीका नेता राघव चड्ढाको सम्बन्ध यतिबेला चर्चामा छ । हालै अभिनेता तथा गायक हार्डी सन्धुले पनि दुवै सम्बन्धनमा रहेको पुष्टि गरेका छन् । यसै क्रममा खबरहरू आइरहेका छन् परिणीति चोपडा र राघवको भेट कलेजका दिनमा नभई सुटिङका क्रममा भएको थियो । ईटाइम्सको रिपोर्टका अनुसार परिणितीले राघवलाई पञ्जाबमा पहिलो पटक भेटेकी थिइन् । त्यतिबेला उनी त्यहाँ फिल्मको सुटिङमा थिइन् । करिब ६ महिनादेखि दुवै सँगै रहेको बताइएको छ । यो सम्बन्ध विवाहसम्म पुगेको छ ।
परिणीति राघवले आफ्नो सम्बन्धको बारेमा केही नभने पनि उनीहरुसँग जोडिएका धेरैले यो सम्बन्धलाई पुष्टि गरेका छन् । यसै क्रममा आप सांसद सञ्जीव अरोराले पनि दुबैलाई सामाजिक सञ्जालमा बधाई दिएका छन् । सम्बन्ध र इन्गेजमेन्टको अफवाहका बीच परिणिती चोपडाकी दिदी प्रियंका पनि पति निक जोनस र छोरी मालतीसँग मुम्बई पुगेकी छिन् । प्रियंकाले आफ्नो आगामी फिल्म सिटाडेलको प्रमोशन भारतमा गर्ने बताइएको छ । यससँगै उनले राघव र परिणितीसँग पनि भेट गर्नेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कटल्यान्डमा हुने ‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’का लागि आवेदन आव्हान
-
आलोचना सत्य र तथ्यमा आधारित हुनुपर्छ : प्रधानमन्त्री
-
महाभूकम्पको एक दशकपछि यस्तो बन्यो लाप्राक नमुना बस्ती (तस्बिरहरू)
-
रियल म्याड्रिड छाडेर ब्राजिल जाने तयारीमा प्रशिक्षक कार्लो एन्सेलोट्टी
-
भूकम्पको १० वर्ष पहिले र अहिले : तस्बिरमा जे देखियो
-
आतङ्कवादी हमलाको निसाना बनेको पहलगाम : जहाँ कैयौँ चर्चित फिल्म छायाङ्कन भए