रामपुर क्याम्पसको स्ववियु निर्वाचनमा बुथ कब्जाको आरोप
काठमाडौँ । नेपाली कांग्रेसले चितवनस्थित रामपुर क्याम्पसमा भएको स्ववियु निर्वाचनमा बुथ कब्जा भएको आरोप लगाएको छ । शनिबार कांग्रेस केन्द्रीय कार्यालयले एक विज्ञप्ति जारी गरी सो क्याम्पसमा नेविसंघको उपस्थितिविना अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनले बुथ कब्जा गरेको आरोप लगाएको हो ।
जारी विज्ञप्तिमा भनिएको छ : ‘नेपाल विद्यार्थी संघको उपस्थिति विना क्याम्पस प्रशासन र निर्वाचन अधिकृतको मिलेमतोमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनले बुथ कब्जा गर्दै एकलौटी मतदान गरी निर्वाचनको नतिजा घोषणा गरिनु अत्यन्त खेदजनक छ ।’
कांगेसले क्रियाशील विद्यार्थी संगठनसँगको कुनै समन्वयविना मतदानको सूचना प्रकाशित गरी निर्वाचन गराइएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । स्वतन्त्र, धाँधलीरहित र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउनु क्याम्पस प्रशासन र निर्वाचन अधिकृतको प्रमुख जिम्मेवारी भएको बताएको समेत विज्ञप्तिमा जनाइएको छ ।
उक्त अवैधानिक कार्यको विरोध गर्दा क्याम्पस प्रशासनको ठाडो आदेशमा प्रहरीले नेविसंघका तर्फबाट स्ववियु सभापतिका उम्मेदवार आशिष देवकोटा र निवर्तमान इकाई अध्यक्ष सुरज यादव गम्भीर घाइते भएको समेत विज्ञप्तिमा उल्लेख छ । देवकोटा र यादवको अहिले चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । सो घटनाको छानविन गरी
अवैधानिक रुपमा गरिएको निर्वाचन रद्ध गर्न पनि विज्ञप्तिमार्फत माग गरिएको छ । साथै घाइते विद्यार्थीहरुको उचित उपचारको प्रबन्ध गर्न पनि कांग्रेसले माग गरेको छ ।
शुक्रबार भएको स्ववियु निर्वाचनमा अखिल संयुक्तको प्यानल विजयी भएको थियो । निर्वाचनमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले तालमेल गरेका थिए। अखिल संयुक्तबाट सभापतिका उम्मेदवार दिवस पौडेलले ११९ मत प्राप्त गर्दा नेविसंघका आशिश जैसी देवकोटाले एक मत पनि पाएनन्। एक मत बदर भएको थियो। सचिवमा अखिल संयुक्तका सन्तोष रताला जोशी ११९ मत, कोषाध्यक्षमा संयुक्तकै सुजाता नेपाल ११५ मतका साथ निर्वाचित भएका थिए ।
त्यस्तै, सदस्यहरुमा अखिल संयुक्तका राकेश रोकाय ११८, सनराइज तामाङ ११९, सागर ढकाल १२०, पूर्णिमा तामाङ ११७ र ऋषिकेश यादव ११९ मतका साथ विजयी भएका छन्। निर्वाचनमा कुल १२० मत खसेको थियो। निर्वाचनप्रति असहमति जनाउँदै नेविसंघ भने मतदानमा सहभागी भएको थिएन । यसअघि चैत ५ गते तोकिएको निर्वाचन सोही दिन सर्वदलीय बैठक बसेर सारिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुहारमा कसरी लगाउने टोनर ?
-
काठमाडौंमा ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ हुने
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु