निजामती सेवाको नाम फेर्नुपर्छ : नेता निधि

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले निजामती सेवाको नाम फेर्नुपर्ने धारणा राखेका छन् । शुक्रवार काठमाडौंमा आयोजित स्थानीय तह कर्मचारी युनियन, नेपालको प्रथम केन्द्रीय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता निधिले निजामती सेवाको नाम फेर्नुपर्ने बताएका हुन् ।
उनले आफू सामान्य प्रशासनमन्त्री भएको बेलामा पनि निजामती सेवाको नाम फेर्ने विषयमा छलफल चलाएको उल्लेख गरे । उनले लोकसेवा आयोगले कर्मचारीहरुको भर्ती गर्ने हुँदा लोकसेवा कर्मचारी भन्न सकिने बताए । उनले निजामती शब्द उर्दुबाट आएको उल्लेख गर्दै निजाम्को अर्थ ‘राजा’ हुने बताए । उनले राजाको सेवामा खटिनेहरुलाई ‘निजामती’ भन्ने गरिएको र त्यही शब्द विकसित हुँदै ‘निजामती’ भएको उल्लेख गरे । नेता निधिले निजामती शब्द समय सान्दर्भिक नभएको भन्दै समय सान्दर्भिक नाम खोज्नुपर्ने बताए ।
नेता निधिले राजनीतिज्ञ र कर्मचारीहरुको सहकार्य सफल भएमा देश र जनताले प्रगति गर्ने बताए । उनले राजनीतिक स्थिरताका लागि पनि स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ऋषभ पन्तलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना
-
‘रवि लामिछानेको लडाइँ कानुनी मात्रै होइन, राजनीतिक लडाइँ पनि हो’
-
शिक्षकका जायज माग सम्बोधनमा ढिला हुनु हुँदैन : एनपी साउद
-
सूर्यविनायक–धुलिखेल सडकको काम समयमै सकिँदैन : आयोजना
-
‘३५ वर्षसम्म देश लुटेकाहरूको जेलभित्र दश दान र बैतर्नी गर्ने अन्तिम इच्छा छ’
-
रवि लामिछानेको मुटुमा तेजाब छ, भ्रष्टहरू जल्छन् : हरि ढकाल