तनहुँमा ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु, २ जना घाइते
शुक्रबार, १७ चैत २०७९, १२ : ००

तनहुँ । तनहुँको भानु नगरपालिका–२ भकुन्थोकमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मल ल्याउँदै गरेको ट्र्याक्टरको टेलर छिनेर सोही टेलरले च्यापिएर एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृतकको विवरण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए ।
दुर्घटनामा घाइते दुई जनाको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्र्याक्टर चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा