खराब कर्जा व्यवस्थापनमा सहयोगी भूमिका खेल्दै नेशनल एकेडेमी
काठमाडौँ । बैंक र ऋणीबीच बढ्दो दुरी र असमझदारीलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ वैशाखदेखि नेशनल एकेडेमी फर फाइनान्सियल सर्भिसेजले सेवा सञ्चालन गर्ने भएको छ । खराव कर्जा व्यवस्थापनमा सहयोगीको भूमिका खेल्ने गरी सेवा संचालन गर्न लागिएको कम्पनीका संस्थापक अध्यक्ष रमेश कुमार भट्टराईले जानकारी दिए ।
उनका अनुसार यस्तो संकटपूर्ण र एक अर्का प्रति अविश्वास भएको बेला विश्वासिलो माध्यस्थकर्ताको आवश्यकता हुन्छ । त्यही आवश्यकता पूर्तिका लागि पूर्व बैंकर र विशेषज्ञहरुको टिम बनाएर बैशाखबाट कारोबार संचालन गर्न लागेको उनको भनाइ छ ।
नेशनल एकेडेमीको टिममा नेपाल बैंक र कृषि विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप साह, महालक्ष्मी फाइनान्स र विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई, प्रुडेन्सियल फाइनान्स, यूनाइटेड फाइनान्स र सिद्धार्थ विकास बैंकमा पूर्व प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र, विरगंजका चार्टर्ड एकाउन्टेन्ट अरविन्द खेतान, अधिवक्ता छविलाल घिमिरे, आइटी इन्जिनियर रितेश भट्टराईको टिम बनाएको कम्पनीले जनाएको छ ।
विभिन्न करपोरेट क्षेत्रका व्यक्तित्व र संचार उद्यमिहरुको समेत कम्पनीमा सहभागिता रहेको छ। नेशनल एकेडेमीले मूलत संचालनमा रहेको कम्पनी र संघ संस्थाको विकासको लागि काउन्सेलिङ, कन्सलटेन्सी र कोचिङ गर्ने उद्देश्य लिएको छ । संभावना अनुसारको नयाँ व्यवसायको खोजी गर्ने , स्टार्ट अप व्यवसायलाई सघाउ पुर्याउने र संचालनमा रहेको कम्पनी, संघ संस्थालाई बलियो बनाउन आफ्नो टिमबाट विशेषज्ञ सेवा दिने गरी कार्य योजना बनाएको छ ।
आर्थिक मन्दीको कारण देशमा बन्द तथा समस्यामा परेका उद्योग व्यवसायलाई सल्लाहकार सेवा दिने तथा विशेषत बैंक र ऋणी वीचको असमझदारी हटाउन समन्वय कर्ता तथा मध्यस्थकर्ताको भूमिका खेल्ने र खराव कर्जा व्यवस्थापनमा विशेषज्ञ सेवा प्रदान गर्ने लक्ष्य लिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
-
काठमाडौँ महानगरले १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन नगर्ने
-
मधेसमा जनमत नेतृत्वको सरकारलाई ‘रिप्लेस’ गर्न चाहन्छ कांग्रेस
-
कीर्तिपुरमा पुरुषको शव फेला, घटनास्थलमा किटनाशक औषधीको बट्टा पनि भेटियो
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवा विस्तार गर्ने
-
कोरिया पठाउँछु भनेर ९ लाख ठगेको आरोपमा एक जना पक्राउ