शंखरापुर नगरपालिकाले गर्यो सासू–बुहारी अन्तरक्रिया कार्यक्रम
काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिकाले सासू बुहारी अन्तरक्रिया कार्यक्रम गरेको छ । बिहीबार र शुक्रबार २ दिन सञ्चालन भइरहेको सो अन्तरक्रिया कार्यक्रम सासू बुहारीको सम्बन्ध सुधार गर्ने उद्देश्यका साथ गरिएको हो ।
नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले गरेको उक्त कार्यक्रममा १४ जना सासू र १६ जना बुहारी सहभागी भएका छन् ।
समाजमा सासू बुहारीलाई हेर्ने दृष्टिकोण, सासू र बुहारीको सम्बन्धलाई सुधार गर्नका लागि कार्यक्रम आयोजना गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख निर्जला चुँडाल अधिकारीले जानकारी दिइन् ।
उनले भनिन,‘सासू बुहारीबीचको सम्बन्ध सधै सुमधुर बनाउने र परिवार राम्रो बनाउने उद्देश्यले कार्यक्रम गरिएको हो । सासू बुहारीलाई सँगै राखेर सासूको भावना बुहारीको भावना, सासू र बुहारीले गर्नुपर्ने कर्तव्य के हो भनेर हामीले उहाँहरुको बीचमा समन्वय गरेका हौँ ।’
सासू र बुहारीमा भएको सोचमा परिवर्तन र सुमधुर सम्बन्ध कायम गर्न सहयोग पुगोस् भनेर कार्यक्रम गरिएको अधिकारीको भनाई छ ।
कार्यक्रममा नगरपालिकाका वडा नम्बर ५, ६ र ७ का सासू बुहारी सहभागी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० लाख पर्यटक भित्र्याउने गरी पोखरा भ्रमण वर्ष घोषणाको तयारी
-
१२ बजे, १२ समाचार : रविको धरौटी तिर्ने बैंकले धोका खानेदेखि विपिन जोशीको रिहाइका लागि सभामुखको पहलसम्म
-
भारतमा पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु
-
साहित्य उत्सव : जनकपुरका विविध पक्षबारे मन्थन
-
तातोपानी गाउँपालिकाद्वारा १७ विधेयक पारित
-
धरानमा ‘प्रदेश प्रिमियर लिग’ फुटबल प्रतियोगिता हुने