मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल गर्न शीर्ष नेता बालुवाटारमा

काठमाडौँ । मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफल गर्न शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । लामो समयदेखि मन्त्रिपरिषद् पुनर्गठनका परामर्श गर्दै आएका नेताहरु निर्णायक छलफल गर्न बालुवाटार पुगेका हुन् ।
बालुवाटार छलफलमा काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव, माओवादी नेता एवम् भौतिक मन्त्री नारायणकाजी श्रेष्ठ पुगेका छन् । यस्तै जनमत पार्टीका अध्यक्ष सिके राउत, लोसपाका नेता सरतसिंह भण्डारी,नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि बैठकमा सहभागी भएका छन् ।
प्रायः सबै मन्त्रालयको भागवण्डा भइसकेपनि एकाध मन्त्रालयमा दोहोरो दाबी परेकाले सहमति हुन सकेको छैन । आज बस्ने बैठकले सबै मन्त्रालयको भागवण्डा टुंगो लगाउने बताइएको छ । यदि शीर्ष नेतृत्व तहमा सहमति भएपनि भोलि मात्रै नयाँ मन्त्रीको शपथ हुन सक्ने सत्ता साझेदार दलका एक नेताले बताए । ‘प्रधानमन्त्रीज्यू चितवन जानुभयो । उतै ढिला भयो धेरै छलफल हुन पाएन’ ती दलका नेताले भने, ‘अहिले छलफल जारी छ । यदि सहमति भएपनि भोलि मात्रै शपथ हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला