महलभन्दा कम छैन मुकेश अम्बानीको दुबईस्थित बङ्गला, मूल्य कति ?

भारतको सबैभन्दा चर्चित व्यक्ति मुकेश अम्बानीको मुम्बईस्थित घर एन्टिलियाको फोटो त तपाईंले देख्नुभएको होला । तर अम्बानीको दुबईमा भएको बङ्गला त देख्नुभएको छैन होला । यो कुनै राजमहलभन्दा कम छैन ।
रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष मुकेश अम्बानीको यो घर दुबईको पाम जुमेराह बीचमा बनेको छ । ब्लुमबर्गका अनुसार यसको मूल्य ८० मिलियन डलर (करिब १० अर्ब, ५२ करोड रुपैयाँ) पर्छ ।
यो बङ्गला मुकेश अम्बानीले आफ्नो कान्छो छोरा अनन्त अम्बानीका लागि अघिल्लो वर्ष किनेका थिए । दुबईको सबैभन्दा महँगो सम्पत्तिमा समावेश यो बङ्गला समुद्रको किनारमा हातको आकारको कृत्रिम द्विप समूहको उत्तरी भागमा रहेको छ ।
यसमा १० लग्जरी बेड रुम, एक निजी स्पा र इनडोर र आउटडोर पुलसमेत थुप्रै पाँच–तारे सुविधा छन् । बेलायती फुटबलर डेभिड बेकहम र बलिउड अभिनेता शाहरुख खानको पनि बङ्गला यहाँ छ र उनीहरू मुकेश अम्बानीका छिमेकी हुन् ।
यसअघि मुकेश अम्बानीले आफ्नो जेठो छोरा आकाश अम्बानीका लागि बेलायतमा एक विलासी भवन खरिद गरेका थिए ।
मुकेश अम्बानीको कुल सम्पत्ति हाल ७७ अर्ब डलर हो र उनी अर्ब पतिको सूचीमा १२ औँ स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ