'कांग्रेस धेरै गतिलो भनेको होइन, तर थानको कपडा हो’
!['कांग्रेस धेरै गतिलो भनेको होइन, तर थानको कपडा हो’](https://npcdn.ratopati.com/media/news/kp-oli_iztPxwmfN8.jpg)
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र कांग्रेस थानथानको कपडा जस्तै र अरू पार्टी टालाटुली बटुली जस्तै भएको टिप्पणी गरेका छन् ।
बिहीबार एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेसँग ८० सिट भएपनि सरकारमा जाऊ जाऊ नभनी ढुंगामाथि बसेर मुर्चुङगा बजाएर आनन्द लिइरहेको बताए । उनले कांग्रेससँग सहकार्य हुनै नसक्ने नभनेको पनि बताए ।
‘हामीले नेपाली कांग्रेससँग कुनैपनि समयमा कहिल्यै पनि सहमति हुनै सक्दैन भनेर भनेका छैनौं, त्यस्तो कसम खाएको पनि छैन’, ओलीले भने, ‘फेरि नेपाली कांग्रेस खास गतिलो पार्टी भनेको होइन फेरि, यो भ्रम नरहोस् तर तुलनात्मक रूपमा टालाटुली बटुलेर सुट सिलाउनुभन्दा थानकै कपडाबाट सुट सिलाउनु राम्रो देखिन्छ भनेको हो ।’
एमाले र कांग्रेस बण्डलबण्डल र थान थानका कपडा जस्तै भएको ओलीको भनाइ छ । ‘त्यसकारण नेपाली कांग्रेस र एमाले भनेका थान थानका कपडा भए, अरू भनेका टालाटुली हुन् । टालाटुली जोडेर पुतली बनाउन सकिन्छ तर सुट ठिक हुँदैन । सरकार बनाउनेजस्तो कुरा ख्याल ठट्टा होइन’, ओलीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थतन्त्र सुधारका लागि सरकार कटिवद्ध : अर्थमन्त्री पौडेल
-
सूर्यनारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
बराबरीमा टुंगियो मड्रिड डर्बी, एम्बाप्पेले जोगाए रियालको इज्जत
-
अमेरिकी डलरसहित विदेशी मुद्रा कसको मूल्य कति ?
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल