नेपाल फर्कियो यू–१७ महिला टोली
काठमाडौँ । साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गतमा भाग लिन बङ्गलादेश पुगेको नेपाली टोली नेपाल फर्किएको छ । नेपाली टोलीलाई एन्फा प्रवक्ता सुरेश शाह तथा राष्ट्रिय महिला फुटबल टोलीकी म्यानेजर विन्दा देवानले विमानस्थलमा स्वागत गरेका थिए । बङ्गलादेशमा भएको प्रतियोगितमा साबिक विजेता नेपालको प्रदर्शन भने सन्तोषजनक रहेन ।
नेपाल चार खेलमा चार अङ्क जोड्दै नेपालले प्रतियोगिताको अन्त्य गर्यो । ४ खेलमा नेपालले एकमा जीत हासिल गर्यो भने एकमा बराबरी र दुईमा पराजय बेहोर्यो । पहिलो खेलमा नेपाल भारतसँग पराजित बन्यो भने दोस्रो खेलमा भुटानलाई पराजित गरेको थियो । तेस्रो खेलमा रुससँग हारेको नेपालले अन्तिम खेलमा बंगलादेशसँग बराबरी गर्यो ।
प्रतियोगितमा आमन्त्रित टोली रुसले राउण्ड रोबिनको आधारमा खेलाइएको प्रतियोगिताको शीर्ष स्थानमा रहँदै उपाधि जितेको थियो । प्रतियोगितामा नेपालकी गोलकिपर सुजाता तामाङ उत्कृष्ट घोषित भइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकामा खानेपानीका पाइपलाइन मर्मत गरिँदै
-
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
-
बक्यौता नतिर्ने उद्योगका सञ्चालकहरूको घरमा लाइन काट्ने प्राधिकरणको तयारी
-
‘आवश्यकता र हित हेरेर मात्रै बीआरआई कार्यान्वयन गर्नुपर्छ’
-
कुलमानलाई रोक्न नियमन आयोगले दिएको निर्देशनले सरकारलाई ४० करोड घाटा
-
अबको रणनीति स्वदेशी उत्पादनको वृद्धि गरी निर्यात बढाउनु हो : मन्त्री भण्डारी