बिहीबार, २० मङ्सिर २०८१
ताजा लोकप्रिय

सलमान खानलाई बम्बे उच्च अदालतबाट ठुलो राहत, के हो घटना ?

बिहीबार, १६ चैत २०७९, १४ : ४४
बिहीबार, १६ चैत २०७९

बलिउड अभिनेता सलमान खानलाई ठुलो राहत दिँदै, मुम्बई उच्च अदालतले बिहीबार एक पत्रकारको उजुरीमा उनी विरुद्ध दायर गरिएको आपराधिक मुद्दा खारेज गरेको छ ।

सलमान खानका वकिल अबाद पोन्डाले बीबीसीसँगको कुराकानीमा सन् २०१९ मा एक पत्रकारले सलमान खानविरुद्ध धम्की दिएको मुद्दा दर्ता गराएका थिए । 

उनले भने, ‘म मेरो क्लाइन्टका लागि खुसी छु । बम्बई हाईकोर्टले उनलाई राहत दिएको छ र उनी विरुद्ध चलिरहेको मुद्दा खारेज गरेको छ ।’

बम्बे उच्च अदालतका न्यायाधीश भारती डागरेको इजलासले बिहीबार यस्तो निर्णय गरेको हो ।

उजुरीकर्ता पत्रकारले आरोप लगाएका छन् – २०१९ मा सलमान सडकमा साइकल चलाइरहेको बेला उनको झगडा भएको थियो ।

उनले आफ्नो उजुरीमा सलमान खानले आफ्नो फोन खोसेको पनि दाबी गरेका थिए ।

यो मामिला पहिले डीएन नगर प्रहरी थाना र त्यसपछि त्यहाँबाट मजिस्ट्रेट अदालतमा पुगेको थियो । 

अदालतले सलमान खानविरुद्ध कानुनी कारबाहीका लागि पर्याप्त आधार रहेको बताएको थियो ।

यस सम्बन्धमा, उनी विरुद्ध एक समन आदेश जारी गरिएको थियो, जसलाई सलमानले बम्बई उच्च अदालतमा चुनौती दिएका थिए ।

गत वर्ष अप्रिलमा बम्बे उच्च अदालतले यस मुद्दामा रोक लगाएको थियो ।

आफ्नो याचिकामा सलमान खानले मुद्दा बन्द गर्न पनि माग गरेका थिए, जसलाई आज उच्च अदालतले स्वीकार गरेको छ ।

सलमान खानका वकिलले सुनुवाइको क्रममा बम्बे हाई कोर्ट समक्ष भने – अभिनेताले आफ्ना अंगरक्षकहरूलाई उनको फोटो/भिडियो खिच्नबाट मात्रै मनाही गरेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप