निजी क्षेत्रको सम्मान बिना आर्थिक विकास असम्भव : ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले निजी क्षेत्रको सम्मान बिना देशले आर्थिक रूपमा फड्को मार्न नसक्ने बताएका छन् । यतिबेला सरकारले निजी क्षेत्रको जायज माग समेत सुन्न छाडेको ढकालको भनाई छ ।
नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघको साधारणसभामा बोल्दै वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकालले भने, ‘जससम्म सरकारले निजी क्षेत्रलाई साझेदारको रूपमा हेरेर सहकार्य गर्दैन तबसम्म देशमा हामीले सोचेजस्तो आर्थिक विकास हुन सक्दैन ।’ देशको उद्योग कलकारखाना स्थापना गरेर स्वदेश भित्रै रोजगारी सिर्जना नगरेसम्म देश आर्थिकरुपमा सम्पन्न हुन नसक्ने उनको तर्क थियो ।
‘अहिले देशको मुख्य पुँजीको रूपमा रहेको युवाशक्ति रोजगारीका लागि विदेश पलायन भइराखेका छन् भने उनीहरूले विदेशी भूमिका रगत पसिना बगाएर पठाएको पैसाले देश चलाउन परेको छ,’ उनले भने, ‘रेमिटान्सबाट देश चल्नु भनेको अरुको भरमा पर्नु हो तसर्थ आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि देशभित्रै रोजगारी सिर्जना गर्नु जरुरी छ ।’
यदि कुनै कारणले वैदेशिक रोजगारीमा समस्या आयो भने देशको अर्थतन्त्र नै धराशायी हुने अवस्थामा पुग्ने समेत उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरीको बढुवामा ज्येष्ठतालाई मुख्य आधार बनाउनुपर्ने
-
कोटीहोम विवादः अन्तरिम आदेशमा असन्तुष्टि जनाउँदै महानगरको भ्याकेट
-
‘नो केबलकार समूह’ लाई फेरि वार्तामा बोलायो सरकारले
-
नेतृत्व टीम नबदलिएसम्म पार्टी निर्माण हुन सक्दैन : जनार्दन शर्मा
-
सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप मंगलबारदेखि
-
ऊर्जाराज्यमन्त्री भन्छन्– कुलमानलाई हटाउन हुँदैन