पशुपतिमा धार्मिक तथा अन्य पर्यटकहरूको आकर्षण बढाउने गरी योजना थालौँ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ परिसरलाई धार्मिक तथा अन्य पर्यटकहरूको लागि पनि महत्त्वपूर्ण गन्तव्यस्थलको रूपमा विकास गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार पशुपति क्षेत्रमा श्री राधा माधव समिति नेपालद्वारा जगतगुरु श्री कृपालुजी महाराजको स्मृतिमा निर्माण तथा व्यवस्थापन हुँदै आएको वनकाली उद्यान पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण कार्यक्रममा बोल्दै उनले पशुपति क्षेत्रमा मन्दिरमा पूजा गर्न जने मात्रै नभई पूजापछि विश्रामका लागि पनि बगैँचाहरूको निर्माण गरी व्यवस्थित गर्न जरुरी रहेको बताएका हुन् ।
उनले पशुपति क्षेत्रको प्रचारप्रसार र व्यवस्थापन गर्न सक्दा धार्मिक पर्यटनको माध्यमबाट नेपालको आर्थिक विकासमा समेत टेवा पुग्ने बताए ।
उनले भने, ‘पशुपतिनाथ नेपालको महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य स्थल पनि हो । पूजाआजा र दर्शन सकेपछि केही समय विश्रामका लागि मनमोहक वातावरण बगैँचामा बनाउने गरी यस उद्यानलाई अझै व्यवस्थित गर्न जरुरी छ । पशुपति क्षेत्रको प्रचारप्रसार र व्यवस्थापन गर्न सक्दा धार्मिक पर्यटनको माध्यमबाट नेपालको आर्थिक विकासमा समेत टेवा पुग्छ । हरेक वर्ष मनाइने महान् पर्वहरू शिवरात्रि, बालाचतुर्दशी, हरितालिका तिज लगायतमा आउने भक्तहरूलाई ध्यानमा राखेर अव्यवस्थित मन्दिर परिसरमा आउने समस्या कम गर्न थुप्रै उद्यान र प्रतीक्षालयको विकास र संरक्षण गर्न जरुरी छ । पशुपति क्षेत्रको विकासका लागि वृहत् गुरुयोजना निर्माण गरी विशेष महत्त्वको आयोजनाका रूपमा अघि बढाउँदा समेत स्वच्छ पिउने पानी, व्यवस्थित शौचालय, पार्किङ स्थल, इन्टरनेट, सूचना लगायत भक्तजनका सामानको सुरक्षा लगायत आधारभूत र अत्यावश्यक सेवासमेत व्यवस्थित गर्न सबैको ध्यान जान जरुरी छ ।’
राष्ट्रपति पौडेलले पशुपति क्षेत्रलाई मन्दिर दर्शन गरेर फर्किने मात्रै नभई लामो समयसम्म बस्न सक्ने वातावरण बनाउन सके अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान बढाउन सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाममा आतंकवादी आक्रमण : साउदीको भ्रमण छोट्याएर भारत फर्किए मोदी
-
भारत प्रस्थान गर्नुअघि धवलले भने–मनपरितन्त्रको विरुद्धमा हुने आन्दोलन कुनै हालतमा रोकिँदैन
-
सामुदायिक स्कुलका विद्यार्थी घरमै छन्, निजीका पढ्न जान थाले
-
केयूमा पहिलोपटक खेलकुद महोत्सव, देशैभरका क्याम्पसबाट पाँच हजार विद्यार्थी सहभागी
-
पूर्वप्रहरी महानिरीक्षक थापाको निधन
-
भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा