राहुल गान्धीविरुद्ध बेलायतको अदालतमा मुद्दा हाल्छु : ललित मोदी
बिहीबार, १६ चैत २०७९, १३ : १०

ललित मोदीले कांग्रेस नेता राहुल गान्धीविरुद्ध बेलायतको अदालतमा मुद्दा दायर गर्ने घोषणा गरेका छन् ।
आफ्नो ट्विटर अकाउन्टमा एकपछि अर्को ट्विट गर्दै उनले आफूलाई कुन आधारमा फरार भनियो भन्ने प्रश्न गरेका छन् ।
उनले लेखेका छन्, ‘मैले देखेको छु कि टम, डिक र गान्धी परिवारसँग जोडिएका मानिसहरूले मलाई बारम्बार भगौडा भन्छन्... किन ? कसरी ? मलाई कहिले यो मामिलामा दोषी ठहर गरियो ।’
त्यसपछि उनले लेखे, ‘मैले बेलायती अदालतमा राहुल गान्धीविरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको छु । मलाई विश्वास छ कि उनले बलियो प्रमाण पेस गर्नुपर्नेछ ।’
केही दिन अघि कांग्रेस नेतृ प्रियंका गान्धीले ललित मोदीमाथि ट्विट गर्दै आरोप लगाएकी थिइन् ।
राहुल गान्धीले पनि ललित मोदीको नाम लिएर भाजपामाथि धेरै पटक आरोप लगाएका छन् ।