बूढानीलकण्ठ स्कुलद्वारा छात्रवृत्तिको लागि दरखास्त आह्वान

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको बूढानीलकण्ठ स्कुलले काठमाडौँ तथा साझेदारी कार्यक्रममा सहभागी विद्यालयहरूमा कक्षा ५ देखि आवासीय रूपमा निःशुल्क वा सहुलियत शुल्कमा अध्ययनका लागि विपन्न समुदायका जेहनदार बालबालिकाको लागि छात्रवृत्तिका लागि दरखास्त आव्हान गरेको छ ।
वि.सं. २०६९-०१-०१ गतेदेखि २०७०-१२-३० गतेसम्म जन्म भई कम्तीमा कक्षा ३ र कक्षा ४ मा सामुदायिक विद्यालयमा नियमित रूपमा अध्ययन गरी शैक्षिक सत्र २०७९ मा कक्षा ४ अध्ययन पूरा गरेका छात्र–छात्रामध्ये विभिन्न भौगोलिक क्षेत्र तथा लक्षित समुदाय समेतको प्रतिनिधित्व हुने गरी लिखित प्रतियोगितात्मक परीक्षाको नतिजाको योग्यताका आधारमा अन्तर्वार्ताबाट विद्यार्थी छनोट गरिने सूचनामा उल्लेख छ ।
दरखास्त फारम आगामी चैत २७ गते सोमबार, दिउँसो १ः०० देखि ४ः०० बजेसम्म तथा २८ गते मंगलबार बिहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म बुझाउन सकिने स्कुलले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बद्रीनारायण धाममा हुन लागेको प्राण प्रतिष्ठाको प्रचारको लागि सितापालादेखि वाकाथन (तस्बिरहरू)
-
तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ
-
मुलपानीमा वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल प्रभावित (तस्बिरहरू)
-
रामकुमारी झाँक्रीद्वारा शिक्षक आन्दोलनको कडा आलोचना, भनिन्–ऐन सडकबाट पास हुने हो ?
-
शिक्षकलाई आन्दोलनमा होमिन प्रेरित गर्ने ‘हामी शिक्षक’ गीत कसरी बन्यो ?
-
काठमाडौँ उपत्यकामा चुनौती बन्दै ट्राफिक व्यवस्थापन, करिडोर सडक बन्दैछन् विकल्प (तस्बिरहरू)