साउदी अरेबिया पुगेका युवा काम र दाम नपाउँदा अलपत्र

काठमाडौँ । वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरेबिया पुगेका युवा अलपत्र परेका छन् ।
रोजगारीका लागि ऋण काढेर गत जनवरी २१ मा (माघ ७ गते) साउदी अरेबिया पुगेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका विनोद राईलगायतका युवा काम र दाम नपाउँदा अलपत्र परेका हुन् । श्रम गन्तव्य मुलुकमा पुगेको दुई महिना बितिसक्दा समेत रोजगार विहीन बनाइएको राईले गुनासो गरेका छन् ।
राई लगायतका युवा इन्नोभेटिभ ह्युमन रिसोर्स डेभलपमेन्ट प्रालि, काठमाडौंमार्फत साउदी अरेबियाको नास म्यानपावर सोलुसन कम्पनीमा पुगेका थिए । उनीहरू मासिक एक हजार साउदी रियाल पाउने सम्झौतामा लेबरका रूपमा नास म्यानपावर सोलुसन कम्पनीमा पुर्याइएका हुन् । हाल होटेल किचन वर्करका रूपमा काम लगाइएका उनीहरूको सामान्य: खाने र बस्ने व्यवस्था भने नास म्यानपावर सोलुसन कम्पनीले नै मिलाएको छ । रोजगारका लागि कम्पनीलाई कुरा गर्दा म्यानपावरलाई कुरा गर्न लगाउने गरेको पीडित युवाले बताएका छन् ।
‘म्यानपावरको हुँ भन्ने प्रकाश पन्थीलाई एक लाख ३७ हजार तिरेर साउदी अरेबिया पुगेका हौँ । रोजगारी देऊ भनेर कुरा राख्दा नेपालको म्यानपावरसँग कुरा गर भन्छ,’ राईले भने, ‘म्यानपावरमा कुरा गर्दा फोन रिसिभ हुँदैन । प्रकाश पन्थीले मैले काम छाडेर बङ्गुर पालनमा लागिसकेँ भन्छ । हामीमाथि सरासर ठगी गरिएको छ ।’
काम र दाम विहीन बनाइएका १०-१५ जना युवालाई अल्खारेजमा राखिएको छ । उनीहरूका अनुसार काम र दाम नपाउँदा साउदी अरेबियामा सयौँ युवा अलपत्र छन् । अलपत्र युवा उद्धारको प्रतीक्षामा छन् । अलपत्र युवाका आफन्तले उद्धारका लागि वैदेशिक रोजगार विभागलाई गुहार्ने तयारी थालेका छन् । उद्धारका लागि वैदेशिक रोजगार विभागमा पुग्दा म्यानपावरको कार्यालयमा पठाएको आफन्त रोमन राईले बताए ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणगढ–बुटवल सडक विस्तार सुस्त, तीव्रता दिन हान गण्डकीको माग
-
क्यान्सरको फलोअपमा गएका राप्रपा महामन्त्री धवल शमशेर राणाको रिपोर्ट ‘अल क्लियर’
-
संसद्मा प्रधानमन्त्रीले आज गर्ने भनेको सम्बोधन स्थगित
-
गायक सुजनको साथमा पोखरा र धरानमा ‘ऊनको स्वीटर साँझ’ हुने
-
चुनावमा गरेको वाचा बिर्सिएको छैन : अध्यक्ष प्रचण्ड
-
चालु आवमा सप्तरीमा १३ वटा पुल निर्माण