त्रिविका सहप्रध्यापकमाथि दुर्व्यवहार गर्नेलाई पक्राउ गर्न अनेरास्ववियुको माग

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेकपा एस निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीसहितको समूहले त्रिविका सहप्रध्यापक पशुपति अधिकारीमाथि दुर्व्यवहार गरेको आरोप लगाएको छ । सो संगठनकका अध्यक्ष समीप बडालले एक विज्ञप्ति जारी गरी त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख समेत रहेका सहप्रध्यापक अधिकारीमाथि दुर्व्यवहार गरेको आरोप लगाएको हो ।
सो संगठनले सहप्रध्यापक अधिकारीमाथि पराजुली नेतृत्वको समूहले पानीका बोतल, सिसाका गिलास र कुर्सी प्रहार गरी दुर्व्यवहार गरेको भन्दै सो घटनाप्रति खेद प्रकट गरेको छ ।
अनेरास्ववियुले विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र मुलधारका मुख्य विद्यार्थी संगठनको नेतृत्वको सामुन्ने स्ववियु निर्वाचन सम्पन्न गर्न विश्वविद्यालयको दायित्व बोकेको प्रध्यापकमाथि दुर्व्यवहारको घटनाले दुखित बनाएको जनाउँदै दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ:‘विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र मुलधारका मुख्य विद्यार्थी संगठनको नेतृत्वको सामुन्ने स्ववियु निर्वाचन सम्पन्न गर्न विश्वविद्यालयको दायित्व बोेकेको प्राध्यापक माथि दुरव्यवहारको घटनाले दुखित बनाएको छ । दोषीलाई तत्काल पक्राउ गर्न र आवश्यक सुरक्षा प्रबन्धसहित निर्वाचन हुन बाँकी क्याम्पस हरुमा निर्वाचन सम्पन्न गराउन अनेरास्ववियु सरकार समक्ष जोडदार माग गर्दछ ।’ अनेरास्ववियुले बाँकी क्याम्पसहरुमा निर्वाचन सम्पन्न गराउन सरकारसमक्ष जोडदार माग समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानको भविष्य तय गर्ने न्युजिल्याण्ड र बंगलादेशको भिडन्त आज
-
बागमती गोल्डकप : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै
-
भारत र पाकिस्तानबिचको खेलमा बने यी रेकर्ड
-
आज कति छ तरकारी र फलफूलको थोक मूल्य ?
-
केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री
-
आफू र परिवारलाई धम्की आएपछि कमेडियन सजन श्रेष्ठले दिए प्रहरीमा उजुरी