सिद्धार्थ बैंकको सहयोगमा निर्मित नारायणी अस्पतालको डायलाइसिस भवन हस्तान्तरण
बुधबार, १५ चैत २०७९, २१ : ३२

काठमाडौँ । सिद्धार्थ बैंकको सहयोगमा निर्मित वीरगञ्जस्थित नारायणी अस्पतालको डायलाइसिस भवन हस्तान्तरण गरिएको छ । भवन निर्माण गर्न २०७९ साल असोज २६ गते नारायणी अस्पताल र राउन्ड टेबल नेपालसँग सम्झौता गरिएको थियो ।
सम्झौता बमोजिम रु.५५ लाख लागतमा उक्त डायलाइसिस भवनको प्रबलीकरण तथा निर्माण सम्पन्न गरी आज अस्पताललाई हस्तान्तरण गरिएको हो ।
नारायणी अस्पतालमा एक कार्यक्रम आयोजना गरी बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले सो भवनको उपयोगको दायित्व नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चित्रन्जन साहलाई हस्तान्तरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले ९ लाख आप्रवासीको अनुमतिपत्र रद्द गर्यो, तुरुन्तै देश छोड्न आदेश
-
तीनकुनेको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा कमल विष्ट पक्राउ
-
अमेरिकामा नेतन्याहूले पाएनन् चाहेको समर्थन, ट्रम्पसँग देखियो मतभेद
-
अमेरिकाले लगाएको १०४ प्रतिशतको ट्यारिफबारे के भन्छ चीनको सरकारी मिडिया ?
-
अर्घाखाँचीमा आजदेखि दुई दिने पाणिनी तपोभूमि सम्मेलन हुँदै
-
मन्दिर परिसरमा हत्या गरिएको अवस्थामा पुरुषको शव फेला