बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

लुक्यानले पाँचौं दीक्षान्त समारोह गर्ने, १५०० विद्यार्थी दीक्षित हुँदै

बुधबार, १५ चैत २०७९, १८ : २९
बुधबार, १५ चैत २०७९

काठमाडौँ । लिंकन युनिभर्सिटी कलेज एसोसिएट्स अफ नेपाल (लुक्यान) ले पाँचौ दीक्षान्त समारोह गर्ने भएको छ । लुक्यानले स्नातक र स्नातकोत्तर तह उत्तीर्ण  विद्यार्थीलाई वैशाख १६ गते ललितपुरमा रहेको गोदावरी सनराइज सम्मेलन केन्द्रमा दीक्षित गर्न लागेका हो । 

लुक्यानका अनुसार उक्त समारोहमा करिब एक हजार पाँच सय विद्यार्थी सहभागी हुनेछन् । समारोहमा सहभागी हुन चाहने विद्यार्थीले अनलाइन मार्फत चैत ३० भित्र दर्ता गर्नुपर्ने छ।

लुक्यान मलेसियास्थित लिंकन युनिभर्सिटीबाट सम्बन्धन लिएर नेपालमा सञ्चालनमा रहेको ११ वटा शिक्षण संस्थाको साझा संस्था हो । लिंकन युनिभर्सिटी कलेज सन् २०१३ देखि नेपालमा सञ्चालनमा रहेको एक विदेशी विश्वविद्यालयहरूमध्ये एक हो । हाल विश्वविद्यालयले व्यवस्थापन, होटल व्यवस्थापन, कम्प्युटर विज्ञान र सूचना प्रविधिका संकायमा स्नातक र स्नातकोत्तर तहका शैक्षिक पाठ्यक्रमहरू अध्ययन अध्यापन गराउँदै आएको छ ।

लुक्यानका अध्यक्ष रेश्टा झाले विश्वविद्यालयबाट हालसम्म भएको चार वटा दीक्षान्त समारोहमा ४ हजार बढी विद्यार्थीहरु दीक्षित भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप