कर्णालीका मुख्यमन्त्री शर्माद्वारा विश्वासको मत लिन प्रदेशसभामा पत्र दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिन उनले बुधबार प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराएको हुन् ।
यसअघि उनले ६ माघमा विश्वासको मत लिएका थिए । यद्यपि राप्रपाले समर्थन फिर्ता लिएसँगै उनले दोस्रो पटक विश्वासको मत लिने तयारी गरेका हुन् ।
प्रदेश सभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता भएको ४८ घण्टापछि विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था अनुसार यही चैत १७ गते विश्वासको मत लिने सरकारका प्रवक्ता समेत रहेका कानुन मन्त्री कृष्ण जिसीले रातोपाटीलाई जानकारी दिए ।
मुख्यमन्त्री शर्माले दर्ता गरेको पत्रमा संविधानको धारा १८८ को उपधारा दुई बमोजिम प्रदेश सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकोले चैत १७ गते उक्त व्यवस्था मिलाई दिन अनुरोध गरिएको छ । ‘कानुन मन्त्री जिसीले भने,‘ १७ गते विश्वासको मत लिनुहुन्छ होला ।’
२७ पुसमा एमाले, राप्रपा र एकीकृत समाजवादीको सहयोगमा मुख्यमन्त्री बनेका शर्मा नेतृत्वको सरकारमा अहिले एमाले र माओवादी छन् । दुई दलले ३÷३ मन्त्रालयको नेतृत्व गरिरहेका छन् । यद्यपि केन्द्रमा चुनावी गठबन्धन ब्युँतिएपछि प्रदेशमा के हुन्छ ? भन्ने कुरालाई प्राथमिकताका साथ हेरिएको छ । अहिलेसम्म एमालेले पनि सरकारमा बसिरहने वा बाहिरिने भन्ने विषयमा निर्णय लिन सकेको छैन । अर्कातर्फ माओवादी र कांग्रेसबीच पनि औपचारिक रूपमा छलफल भएको छैन ।
कर्णालीमा नेपाली कांग्रेससँग १४, माओवादीसँग १३, एमालेसँग १०, एकीकृत समाजवादी, राप्रपासँग १/१ र एक जना स्वतन्त्र सांसद रहेका छन् ।
सकेसम्म सबै दलको सहमतिको सरकार बनाउने पहल हुन्छ : जिसी
रातोपाटीसँग कुरा गर्दै सरकारका प्रवक्ता जिसीले सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने पहल थालिने बताए । यद्यपि अहिलेसम्म औपचारिक रूपमा छलफल नभएपनि अनौपचारिक रूपमा छलफल भएको दाबी उनको छ ।
‘ यसअघि एमालेले समर्थन जनाएकै छ, माथि एक खालको समीकरण बन्यो,’ जिसीले थपे,‘ सकेसम्म कांग्रेस, माओवादी र एमाले मिलेर नै सरकार बनाउने पहल हुन्छ, बाँकी कुरा त पछि नै थाहा होला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्सनलको बराबरीले लिभरपुललाई उपाधि जित्न सहज, च्याम्पियन बन्न १ अंकको आवश्यकता
-
आईपीएल : मुम्बईले शान बढाउँदा, हैदरावादको हरिविजोग
-
शिक्षक आन्दोलनको प्रभाव : विद्यार्थीहरु निजीमा भर्ना हुन थालेपछि रोक्नलाई पाठ्यपुस्तक वितरण
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक