‘जनप्रतिनिधिहरुले पनि मिटरब्याजी पीडितहरुको समस्यालाई नकार्ने गरेका छन्’

काठमाडौँ । प्रतिनिधि सभा सदस्य मनिष झाले मिटरब्याजी पीडितहरुको माग सम्बोधन गर्न स्थानीय प्रशासनले आवश्यक समन्वय नगरेको बताए । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जनप्रतिनिधिहरुले पनि मिटरब्याज पीडितहरुको समस्यालाई नकार्ने गरेका उल्लेख गरे । केही सांसदहरुले पनि साहुकारको संरक्षण गरेको भन्दै साहुकारको संरक्षण नगर्न सांसदहरुलाई चेतावनी दिए ।
उनले भने, ‘स्थानीय प्रशासनले पनि आवश्यक समन्वय गर्दैन । जनप्रतिनिधिहरु त्यसलाई नर्काछ । त्यसमा अल्झिन चाहँदिन भन्छ । यही सदनमा भएका केही सांसदहरुको आफन्तहरु पनि आवद्ध भएकोले गर्दा हाम्रै साथी भाइले पनि साहुकारको संरक्षण गर्छ । पीडकको संरक्षण गर्छ । राज्य त कमजोरको लागि बनेको हो नि । सबलको लागि त राज्य चाहिएकै थिएन । तर किन हामी कमजोरको संरक्षण गर्नुको सट्टा साहुहरुको संरक्षण गर्दैछौँ । गम्भिरतापूर्वक ध्यान आकर्षण गर्न चाहान्छौँ । चेतावनीसहित अनुरोध साहुकारहरुको संरक्षण नगर्नुस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन राशिका लागि शुभ ?
-
पश्चिमी र स्थानीय वायुको प्रभाव : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
-
७४५ अलावी अल्पसंख्यकको ‘नरसंहार’पछि सिरियाली राष्ट्रपतिले गरे शान्तिको आह्वान
-
मार्क कार्नी क्यानाडाको प्रधानमन्त्री चुनिए, ट्रम्पलाई दिए कडा जवाफ
-
इटालियन सिरी’ए : एटलान्टाको फराकिलो जित, युभेन्ट्स हार्यो
-
केबलकार निर्माणको विवादकाबीच धमाधम शौचालय निर्माण