बागमती प्रदेशमा एसईई : १ लाखभन्दा बढी विद्यार्थीका लागि ४३४ जना परीक्षा केन्द्र

काठमाडौँ । यही चैत १७ गतेदेखि हुने कक्षा १० को एसईई परीक्षाका लागि शिक्षा विकास निर्देशनालयले बागमती प्रदेशभित्रका १३ वटा जिल्लाहरूको परीक्षार्थी, परीक्षाकेन्द्र र जनशक्ति तय गरेको छ । प्रदेशमा १ लाख १ हजार ७३३ जना विद्यार्थी सहभागी हुँदैछन् ।
निर्देशनालयका अनुसार २९ गतेसम्म हुने परीक्षाका लागि १३ जिल्लामा ४३४ वटा परीक्षा केन्द्रहरू तोकिएका छन् । त्यस्तै केन्द्राध्यक्ष, सहायक केन्द्रध्यक्ष, निरीक्षक, परीक्षा सहायक, परीक्षा सहायक कार्यालय सहयोगी र सुरक्षाकर्मी गरी १५ हजार ८८६ जना जनशक्ति खटिनेछन् ।
यस प्रदेश भित्रका सबै जिल्लाका परीक्षा केन्द्रहरूमा उत्तर पुस्तिका पुर्याइ सकिएको, परीक्षा केन्द्र नजिक रहेको प्रहरी चौकीमा प्रश्न पत्र पुगिसकेको निर्देशनालयले जनाएको छ । त्यस्तै केन्द्राध्यक्ष नियुक्ति गरी अभिमुखीकरण कार्य समेत सम्पन्न भई परीक्षा सम्बन्धी पूर्व तयारीको सम्पूर्ण काम सम्पन्न भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटनमा महिला उद्यमशीलताका लागि बजेट व्यवस्था गर्छौं : पर्यटनमन्त्री पाण्डे
-
नेवार समुदायमा समाजवादको भ्रूण छ : अध्यक्ष प्रचण्ड
-
२०८२ साल शब्दहरूमा यात्राको स्पन्दन
-
'गणतन्त्रवादी एक हुनुपर्छ, पूर्वराजाको सम्पत्ति छानबिन गर्नुपर्छ'
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
-
नैनसिंह महरलाई प्रश्न : समयमै नेविसंघको महाधिवेशन किन हुँदैन ?