देशका २९ जिल्लामा चौँरी पालन, कुन जिल्लामा कति ?

काठमाडौँ । नेपालमा चौरी व्यवसायको बारेमा बुधबार छलफल भएको छ । नेपाल डेरी एसोसिएसनले कृषि विज्ञ लालकुमार केसीको विशेष उपस्थितिमा चौँरी व्यवसायको बारेमा छलफल गरेको हो ।
कार्यक्रममा केसीले २९ वटा जिल्लामा चौरी पालन हुने गरेको जानकारी दिए । तथ्यांकअनुसार दोलखा जिल्लामा ५०५० वटा, सिन्धुपाल्चोक जिल्लामा ४६५१ वटा, रसुवा जिल्लामा २२८ वटा, रामेछाप जिल्लामा ५२१ वटा, धादिङ्ग जिल्लामा १७७ वटा र नुवाकोट जिल्लामा ९०० वटासहित देशभर करिब ११५२७ वटा चौरी गाईहरु रहेको छ ।
चौरी चराउन ३२ देखि ३५ सय मिटरको उचाईमा लगिन्छ । चौँरीले शुद्ध खानपिन र जडीबुटी खाने हुँदा हतपत रोग नलाग्ने विज्ञहरुको भनाइ छ ।
सो कार्यक्रममा एसोसिएसनका अध्यषक्ष प्रल्हाद दाहालले चौच्रपिालन पेशालाई प्रोत्साहन जरुरी रहेको बताए । ‘चौरी, याक पालनलाई राम्रो बनाउँदा पर्यटन व्यवसाय पनि फस्टाउन सक्ने भन्दै उनले चौरी र याकलाई यातायातको साधनको रुपमा पनि विकट स्थानमा प्रयोग गरिने भएकाले यो पेशा उपयोयी रहेको बताए ।