मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई आजदेखि टेलिमेडिसिन सेवा

बुधबार, १५ चैत २०७९, १३ : ५७
बुधबार, १५ चैत २०७९

काठमाडौँ । वैदेशिक रोजगारजीमा रहेका नेपालीले आजदेखि टेलिमेडिसिन सेवा पाउने भएका छन् । वैदेशिक रोजगार बोर्डको सचिवालयले आजदेखि विदेशमा रहेका नेपाली श्रमिकहरूको स्वास्थ्य सम्बन्धी समस्या समाधान गर्न टेलिमेडिसिन सेवा सुरू गरेको हो ।  स्वास्थ्य सम्बन्धी समस्या रहेका नेपालीका लागि आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले उक्त सेवा उपलब्ध गराउन थालेको हो । 

बोर्डका प्रवक्ता राजन पौडेलले आजदेखि विभिन्न देशमा रहेका नेपाली श्रमिकमा हुने स्वास्थ्य समस्या समाधानका लागि आवश्यक सुुझाव सल्लाह दिन टेलिमेडिसिन सेवा सुरू गरिएको बताए ।  यो सेवा लिन चाहने नेपाली श्रमिकले मोबाइल नम्बर ९७७–९८५१३४५७०१ र ं९७७–९८५१३४५७०२ को भाइबर, हवाटस एप वा इमो लगायतका सामाजिक सञ्जालबाट फोन गर्न सक्ने प्रवक्ता पौडेलले बताए । 

साउदी अरबबाट भने भीपीएन प्रयोग नगरी भाइबर र ह्वाटस एपबाट फोन गर्न सकिदैन् । र भीपीएन प्रयोग गर्नु गैर कानूनी मानिने भएकाले इमो प्रयोग गरी आफूलाई आवश्यक पर्ने स्वास्थ्य परामर्श सेवा लिन साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ ।  वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूमा थुप्रै खालका स्वास्थ्य समस्या देखिने गरेका छन् । उनीहरूले समयमै स्वास्थ्य परामर्श तथा उपचार नपाउँदा निकै गम्भीर बन्ने गरेको देखिन्छ । त्यही समस्या समयमै समाधान गर्नका लागि बोर्डको सचिवालयले टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याएको हो । 

उक्त कल टेलिमेडिसिनका मेडिकल अधिकृतले प्राप्त गरि बिमारी कामदारलाई विशेषज्ञ सेवा आवश्यक परेमा मेडिकल अधिकृतको सिफारिसमा हरेक आइतवार र शुक्रवार विशेषज्ञ सेवा उपलब्ध गराइने बोर्डले जनाएको छ । विशेषतः आइतवार र शुक्रवार गन्तव्य मुलुकमा सार्वजनिक विदा पर्ने भएकोले सो दिनमा विशेषज्ञ सेवा उपलब्ध गराउन खोजिएको बोर्डले जनाएको छ । 

सेवा लिनुहुने श्रमिकको प्रेस्कृप्सन अनलाइन मार्फत उपलब्ध गराइने छ । यसको सम्पूर्ण खर्च वैदेशिक रोजगार वोर्डले नै व्यहोर्ने भएकाले यो सेवा पूर्णतः निशुल्क रहनेछ । त्यसका लागि वीर अस्पतालसँग बोर्डले सम्झौता गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप