मिटरब्याजी विरुद्धको आन्दोलनप्रति किसान महासङ्घको ऐक्यबद्धता
_p0H9d8a72D.jpg)
काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले मिटरब्याजी विरुद्धको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । महासङ्घले आज एक विज्ञप्ति जारी गरी तराईबाट ११ दिन पैदल हिँडेर काठमाडौँमा आन्दोलन गरिरहेका मिटरब्याजीप्रति ऐक्यबद्धता जनाएको हो । किसान महासङ्घले मिटर ब्याज कारोबारीलाई गैर कानुनी घोषणा गर्न माग गरेको छ । साँवा रकम बराबर ऋण भुक्तान गरेका सबै ऋणीको ऋण पूर्ण रूपमा मिनाहा गर्न माग गर्दै उनीहरूको ऋणको लिखत कागजलाई अवैधानिक घोषणा गरी बदर गर्न समेत महासङ्घको माग छ ।
‘लिएको साँवा बराबर ऋण भुक्तानी गर्न बाँकी रहेका ऋणीहरूलाई ऋण तिर्नका लागि उनीहरूको सहमतिमा समय अवधि दिइयोस्’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ । महासङ्घले ब्याज र हर्जाना पूर्ण रूपमा मिनाहा र निषेध गर्न सरकारसँग माग समेत गरेको छ । त्यस्तै ऋण लिँदा घर–जग्गा धितो रोक्का राखिएको भए फुकुवा र रजिस्ट्रेसन पास गरेर लिएको भएमा तुरुन्त फिर्ता गर्न माग समेत गरेको छ । जग्गा फुकुवा वा फिर्ता गर्न अटेर गर्ने मिटरब्याजीलाई तत्काल गिरफ्तार गरी कारबाही गर्न समेत महासङ्घले माग गरेको छ ।
ऋण दिँदा गरिब किसानहरूको घर–जग्गा अति सस्तो मूल्यमा रजिस्ट्रेसन पास गरेर लिने र फिर्ता नगर्ने मिटरब्याजी र सरकारी कर्मचारीलाई समेत तत्काल कारबाही गर्न महासङ्घले माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यमन्त्रीले बिमा कार्यक्रम अलपत्र पारेको सांसद कार्कीको आरोप
-
लिलामीका सामानहरुको समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण
-
स्वास्थ्यमन्त्रीले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारेको आरोप
-
विदेशी दातृ निकायले दिने सहयोगको श्वेतपत्र जारी गर्न माग
-
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
-
शिवरात्रिमा पशुपतिको दर्शन व्यवस्थापन चुस्त बनाउन १० उपसमिति गठन