स्थानीय तहको जग बलियो भए सबै सुधार भएर जान्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहको जग बलियो भएमात्रै सबै कुरा सुदृढ भएर जाने बताएका छन् । काठमाडौँ महानगरको आयोजनामा बुधबारदेखि सुरु भएको न्यायिक सम्मेलनमा बोल्दै प्रचण्डले जनतासँग जोडिएको स्थानीय तह बलियो भएमा परिवर्तन संस्थागत हुने बताए ।
‘संघीय सरकार त्यसमा तीन तहको सरकारको परिकल्पना भयो । गाउँ गाउँमा सिंहदरबारको परिकल्पना गर्ने अवसर मलाई प्राप्त भयो । मैले नेतृत्व गरेको आन्दोलनको बलमा संविधान सभाबाट संविधान बनेर तीन तहको सरकार बन्यो’ प्रचण्डले भने, ‘तीन तहको सरकार बनाउने बेला स्थानीय तहको सरकार स्थापित गर्नेक्रममा प्रधानमन्त्री भएर भूमिका खेल्ने त्यो बेला पनि अवसर पाएको थिए । अहिले न्यायिक समितको उद्घाटन गर्दा हर्षको महशुस भएको छ ।’
यस्तै फरक प्रसंगमा बोल्दै प्रधानमन्त्री प्रचण्डले संघीय सरकार पाँचै वर्ष टिक्ने दाबी गरेका छन् । संघीय सरकार पाँचै वर्ष टिक्नेमा सबैलाई ढुक्क रहन प्रचण्डले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैत १५ को हिंसात्मक घटनाको सन्दर्भमा नेवाः समुदायको सामुहिक विज्ञप्ति
-
दलहरूको स्वार्थले बन्धक बन्यो बागमती प्रदेशसभा
-
नेकपा एस सुदूरपश्चिम प्रदेशको अध्यक्षमा लालबहादुर खड्का चयन
-
फोर्ब्सको नयाँ अर्बपति सूची सार्वजनिक, यी हुन् १५ सेञ्चुरी बिलिनियर्स
-
मोटर्स कम्पनीमा वाणिज्य विभागको अनुगमन, पाँच कम्पनीको बिक्री वितरण रोक्का
-
तराई मधेस जागरण अभियान पुनः सुरू भयोः अध्यक्ष दाहाल