राजनीति
नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी
बुधबार, १५ चैत २०७९, २२ : ३७

काठमाडौँ । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ गृह मन्त्री हुने निश्चित भएको छ । भौतिक मन्त्रालय एकीकृत समाजवादीको भागमा परेपछि श्रेष्ठ उपप्रधानसहित गृह मन्त्री हुने टुङ्गो लागेको हो ।
गृह मन्त्रालय माओवादी केन्द्रको भागमा परेपछि श्रेष्ठ मन्त्री बन्ने निश्चित भएको श्रेष्ठ निकट एक नेताले बताए । पार्टीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ अब भौतिकबाट गृहको जिम्मेवारी सम्हाल्ने भएका हुन् । यसअघि समेत श्रेष्ठले गृह मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।
यस्तै सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको मन्त्रालय फेर्न तयारी भइरहेको बताइएको छ । अन्य माओवादीले पाएका मन्त्रालय र मन्त्रीहरू यथावत् हुने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा