शिवचन्द्र कुशवाहा माओवादी छाडेर जनमतमा प्रवेश, बारा–२ का लागि उम्मेदवारी घोषणा

काठमाडौँ । माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका छन् । उनले आजै जनमत पार्टीमा प्रवेश गरी बारा–२ का लागि उम्मेदवारी पनि घोषणा गरेका छन् । जनमत पार्टीका अध्यक्ष डा.सिंके राउतले लोकतन्त्रको रक्षाका लागि शिवचन्द्र कुशावाहालाई जनमत पार्टीबाट उम्मेदवार बनाएको घोषणा गरे । ‘गठबन्धनले जालझेल गरिरहेको छ, त्यसलाई चिर्नका लागि जनमत पार्टीबाट शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाएका छौं’ उनले भने ।
उनले अन्य साना वैकल्पिक शक्तिहरुले पनि जनमत पार्टीका उम्मेदवार कुशवाहालाई सहयोग गर्नेमा आफू विश्वस्त रहेको बताए । उनले आफूलाई मधेश प्रदेशमा मुख्यमन्त्री दिएपनि बारा २ नछाड्ने घोषणा गरे । उनले भने, ‘मधेश प्रदेशको मुख्यमन्त्री र बारा –२ लाई एकसाथ जोडर हेर्न हुँदैन ।’ बारा २ मा सत्य र असत्य बीचमा लडाई हुने भएकाले गठबन्धनले उम्मेदवार उठाए पनि आफूहरु पछाडि नहट्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘तीन दलबाट रास्वपा लोकतन्त्रको पक्षमा छैन भनेर प्रस्तुत गर्ने प्रयास भयो’
-
प्रतिनिधि सभाको पाँचौँ अधिवेशन : ६१ दिनमा २७ वटा बैठक, ११८ घण्टा काम
-
कलाकारको उमेर होइन, अभिनय हेरिन्छ – राजेश हमाल
-
बिम्स्टेकका लागि चेम्बर पदाधिकारी टोली प्रधानमन्त्रीसँगै थाइल्याण्ड प्रस्थान
-
तने बोडीमा अत्यधिक विषादी भेटियो
-
बयान फेर्नेलाई अख्तियारले चलायो मुद्दा