रामनवमीको अवसरमा मधेसमा सार्वजनिक विदा
बुधबार, १५ चैत २०७९, ११ : ५३
![रामनवमीको अवसरमा मधेसमा सार्वजनिक विदा](https://rpcdn.ratopati.com/archived-media/holiday-time-off.png)
जनकपुरधाम । बिहीबार मधेस प्रदेशमा सार्वजनिक विदा हुने भएको छ। । चैत्र १६ गते बिहीबार भगवान् रामको जन्मोत्सव अर्थात रामनवमीको अवसरमा मधेस प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
रामनवमी जनकपुरधामसहित देशैभर धुमधामका साथ मनाइन्छ । अघिल्लो वर्ष रामनवमीको अवसरमा केन्द्रीय सरकारले पनि सार्वजनिक विदा दिएको थियो । तर, यसवर्ष हालसम्म सरकारले विदा दिने निर्णय भएको छैन ।