उपेन्द्रलाई टक्कर दिन सिकेले रोजे शिवचन्द्र कुशवाहा

काठमाडौँ । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले शिवचन्द्र कुशवाहालाई बारा–२ मा उम्मेदवार बनाएको छ । कुशवाहा माओवादी केन्द्रका नेता हुन् । उनी आजै माओवादी केन्द्र छाडेर जनमत पार्टीमा प्रवेश गरेका हुन् ।
जनमत पार्टीले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी कुशवाहाको उम्मेदवारी घोषणा गरिसकेको छ । यसअघि कुशवाहा बारा २ मा माओवादी–कांग्रेसको गठबन्धनबाट चुनाव लडेका थिए । उनलाई जसपाका रामसहाय यादवले पराजित भएका थिए । यसपटक माओवादी केन्द्रले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएपछि कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
बारा २ मा एमाले–जसपा गठबन्धनबाट चुनाव लडेका रामसहाय यादव १३ हजार ८२२ मत ल्याएर विजयी भएका थिए भने कुशवाहाले १३ हजार ४६८ मत ल्याएका थिए । त्यसैले पनि जनमत पार्टीले उनलाई आफ्नो पार्टीमा ल्याएर जसपाका अध्यक्ष उपेन्द्र यादवसँग प्रतिस्पर्धा गर्न लगाउने तयारी गरेको हो । जसपाले आज उपेन्द्र यादवको नाम उम्मेदवारका लागि सिफारिस गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त