ओडारमा भेटियो भरुवा बन्दुक
बुधबार, १५ चैत २०७९, ११ : ४९

रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिका-५ स्थित जंगलको ओडारबाट बेवारिसे अवस्थामा रहेको ३ नाल भरुवा बन्दुक मंगलबार राति प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।