पाँच गोलको थ्रिलरमा बेल्जियमले जर्मनीलाई हरायो
बुधबार, १५ चैत २०७९, १० : ५६

बर्लिन । जर्मनीलाई पराजित गर्दै नयाँ प्रशिक्षक डोमेनिको टेडेस्कोको नेतृत्वमा बेल्जियमले लगातार दोस्रो जीत हासिल गरेको छ । मैत्रिपूर्ण खेलमा बेल्जियम ३–२ गोलले विजयी बनेको हो । यसअघि शुक्रबार युरो २०२४ को छनोटमा बेल्जियमले स्वीडेनलाई हराएको थियो ।
पाहुना टोली बेल्जियमले पहिलो हाफको १० मिनेटभित्र नै दुई गोलको अग्रता बनाएको थियो । केभिन डी ब्रुयनाको पासमा यानिक कारास्को र रोमेलु लुकाकुले गोल गरेका थिए । पहिलो हाफको अन्त्यमा निक्लास फुलक्रुगले पेनाल्टीबाट एक गोल फर्काए ।
दोस्रो हाफको ७८ औँ मिनेटमा डी ब्रुयनाले पुनः टोलीलाई दुई गोलको अग्रता दिलाए । यो सिजन क्लब र देशका लागि उनको नवौँ गोल थियो । ८७ औँ मिनेटमा सर्जी ग्नाब्रीले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारी सिर्जनादेखि विदेशी मुद्रा आर्जन गर्दै नेपाली चिया
-
खुम्बु क्षेत्रमा भारी हिमपात
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, के गर्ला निर्णय ?
-
सन् २०२८ सिजनबाट आईपीएलमा खेल सङ्ख्या बढाएर ९४ पुर्याउने योजना
-
भर्ना अभियान प्रभावित हुँदा साढे पाँच लाख थान पुस्तक गोदाममै थन्किए
-
पुटिनले गरे अस्थायी युद्धविरामको घोषणा