शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

साफ यू–१७ च्याम्पियनसिप : नेपालकी गोलकिपर सुजाता उत्कृष्ट

बुधबार, १५ चैत २०७९, ०९ : १३
बुधबार, १५ चैत २०७९

काठमाडौँ । साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालकी गोलकिपर सुजाता तामाङ उत्कृष्ट घोषित भएकी छन् । साबिक विजेता नेपालले भने चार खेलमा चार अङ्क जोड्दै प्रतियोगिता अन्त्य गर्‍यो ।

आमन्त्रित टोली रुस शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो । नेपालले प्रतियोगितामा भुटानलाई मात्र हराउन सक्यो । ४ खेलमा नेपालले एकमा जीत हासिल गर्‍यो भने एकमा बराबरी र दुईमा पराजय बेहोर्‍यो । पहिलो खेलमा नेपाल भारतसँग पराजित बन्यो भने दोस्रो खेलमा भुटानलाई पराजित गरेको थियो । तेस्रो खेलमा रुससँग हारेको नेपालले अन्तिम खेलमा बंगलादेशसँग बराबरी गर्‍यो ।

प्रतियोगितामा भारतकी सिल्जी साजीले ८ गोल गर्दै प्रतियोगिताको सर्वाधिक गोलकर्ता बनिन् । रुसकी एलिना गोलिकले ‘मस्ट भ्यालुएभल खेलाडी’को उपाधि हात पारिन् । दोस्रो बनेको भारतले फेयर प्ले अवार्ड पनि हात पार्‍यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप