पूर्वकमलरी र कमैयालाई आर्थिक सहयोग गर्छौँ : मुख्यमन्त्री गिरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पूर्वकमलरी र कमैयालाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विगतका सम्झौता कार्यान्वयनको माग गर्दै ज्ञापनपत्र बुझाउन पुगेको मुक्त कमलरी विकास मञ्चलगायत सम्बद्ध चार संस्थाका पदाधिरीसँग मुख्यमन्त्री गिरीले प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग र सहकार्य हुने बचन दिए ।
उनले आगामी आवको बजेटमा पनि थप प्रोत्साहनका कार्यक्रम समावेश गरी कार्यान्वयन गर्दै पुनःस्थापना र व्यवस्थापनको दीगो प्रयास हुने बताए ।
मुक्तकमैया, कमलरी, हलिया र हरवाचरवाको वस्तुस्थितिबारे अध्ययन प्रतिवेदनले मुक्तकमैया तथा मुक्त कमलरीका विषयमा सिफारिस गरेका सुझावलाई अङ्गिकार गरी आवश्यक नीति तथा कार्यक्रममा परिवर्तन गर्न माग गर्दै मुख्यमन्त्री गिरी समक्ष ज्ञापनपत्र बुझाइएको हो ।
मुक्तकमैया समाज केन्द्रीय समितिको तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशमा चार हजार छ सय ९५ मुक्तकमैया परिवारको पुनःस्थापना हुन बाँकी रहेको ज्ञापनपत्रमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो ?
-
घण्टेश्वर सेती महाकाली क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी
-
सरकारले जग्गा प्राप्तिसम्बन्धी ऐन संशोधन गर्न माग्यो सुझाव
-
प्रचण्डको किताब सीपीसीलाई उपहार
-
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कीर्तिमान बनाए दीपेन्द्रसिंह ऐरीले
-
‘सडक आन्दोलन व्यवस्था फेर्न होइन, यो दलहरूप्रतिको वितृष्णा हो’