बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम–११ खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश

मङ्गलबार, १४ चैत २०७९, २१ : ०३
मङ्गलबार, १४ चैत २०७९

कैलाली । धनगढी रङ्गशालामा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप २०७९ फुटबल प्रतियोगिता’को आजको खेलमा सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले नेपाल पुलिस क्लबलाई ४–० गोलले पराजित गरेको छ ।   

जितसँगै आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिम–११ स्पोर्टस् क्लबलाई जित दिलाउन आयुष श्रेष्ठले ह्याट्रिक गरे । 

खेल सुरु भएको पाँच मिनेटमै स्वामी हार्दिकले पहिलो गोल गरेका थिए । तीऔँ मिनेटमा आयुषले आफ्नो व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गरे । दोस्रोे हाफको ५१औँ र ६३औँ मिनेटमा गोल गर्दै आयुषले ह्याट्रिक गर्न सफलता पाएका हुन् । 
  
आजको प्रतियोगिताको ‘म्यान अफ दि म्याच’ घोषित आयुष रु दश हजारबाट पुरस्कृत भए । नेपाल पुलिस क्लबले आजको प्रतिस्पर्धामा गोल गर्न पाएको अवसरलाई सदुपयोग गर्न सकेन । अब सुदूरपश्चिमले थ्री स्टारसँग सेमिफाइनलको प्रतिस्पर्धा गर्नेछ । बुधबार मानाङ मस्र्याङ्दी र क्यामरुनको एभिनर फुटबल टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।
  
मोफसलमा सर्वाधिक धनराशि पुरस्कारको यो प्रतियोगिताको विजेतालाई रु २१ लाख र उपविजेताले रु १० लाख पुरस्कारको व्यवस्था गरिएको छ । 

यस्तै उत्कृष्ट खेलाडीले रु एक लाख, उत्कृष्ट विधामा प्रत्येक खेलाडीलाई रु १५ हजारका दरले पुरस्कार प्रदान गरिने जनाइएको छ । धनगढी रङ्गशालामा विसं २०७३ मा खप्तड गोल्डकपको पहिलो संस्करण भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप