गोलबजारका मेयर श्रेष्ठमाथि मोबिल छ्याप्ने एकजना पक्राउ

सिरहा । सिरहाको गोलबजार नगरपालिका मेयर श्याम कुमार श्रेष्ठमाथि मोबिल छ्यापेको आरोपमा एक जना पक्राउ परेको छ । प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षबाट निस्किएर गाडी चढ्ने बेला एकजना अपरिचित व्यक्तिले केही कागजहरू दिएजस्तो गरिरहेकै बेला सँगै आएका अर्को व्यक्तिले मेयर श्रेष्ठमाथि मोबिल छ्यापेका हुन् ।
मेयर श्रेष्ठ काम विशेषले सिरहा सदरमुकाम जान गाडी चढ्ने बेलामा एउटाले कागज देखाएको र अर्कोले मोबिल छर्केको मेयरका सवारी चालक रामकेवल मण्डले बताए । उनले भने, ‘मेयर गाडीमा चढ्न खोज्दै हुनुहुन्थ्यो, म पनि गाडीभित्र पसेको मात्र के थिएँ, त्यतिकैमा मैले सिसामा पानी आएजस्तो लागेको देखेर हत्तपत्त उत्रिएर एकजनालाई समाएँ अर्को भने भाग्न सफल भयो ।
मोबिल छ्याप्नेहरूले नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को जनसंघर्ष परिचालन समितिको पर्चा समेत छरेको छ । पक्राउ पर्नेमा सिरहाकै नरहा गाउँ पालिका १ का साविसरण महरा रहेको बताइको छ । पक्राउ परेका महरालाई जिल्ला प्रहरी सिरहाको नियन्त्रणमा राखिएको छ । उनीहरूले छरेको पर्चामा गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठलाई लघुवित्त मार्फत गरिब जनतालाई उठीबास लगाएको, मिटरव्याजीहरुलाई संरक्षण गरेको, हटियाको करमा एक करोड ५२ लाख ब्रम्हलुट गरेको कारण जनकारबाही गरेको उल्लेख गरिएको छ ।
पर्चामा फर्जी कागज बनाई गोलबजार १ मुक्सार बाटोको ६२ लाख हिनामिना गरेको, अवैधानिक तरिकाले नदीको दोहन गरेको, अन्याय पूर्ण तरिकाले नगरपालिकामा कार्यरत कर्मचारी हटाइएको र हाम्रा नेता कार्यकर्ता विरुद्ध सुराकी गरेकोले जनकारबाही गरेको उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेल्टाभिगो र मलोर्का विजयी
-
नौ वर्षसम्म पनि भुरुङ्दीखोलामा बनेन मोटरेबल पुल
-
प्रिमियर लिग : नटिङघम, उल्भ्स र ब्रेन्टफोर्ड विजयी, म्यान्चेस्टर सिटीलाई घाटा
-
ला लिगा : बार्सिलोनालाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो रियाल मड्रिड
-
सम्झौताको म्याद सात महिना बाँकी छँदै बन्यो मोटरेबल पुल
-
भैरहवामा धम्म यात्रा, बाटोमा फूल छरेर भिक्षुको स्वागत