आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मिटरब्याजलाई अपराध मानेर कानुन बनाउने मन्त्रिपरिषद्को निर्णय

मङ्गलबार, १४ चैत २०७९, २१ : ४५
मङ्गलबार, १४ चैत २०७९

काठमाडौँ । सरकारले मिटरब्याजलाई अपराध मान्दै आवश्यक कानुन बनाउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजललाई अपराध मानेर कानुन बनाउँदै पीडितलाई आवश्यक कारबाही गर्ने गरी प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । 

त्यसका लागि अपराध संहिता २०७४ लाई संशोधन गर्न आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । मिटरब्याजी पीडितहरूले आफूहरूले न्याय पाउनुपर्ने माग गर्दै काठमाडौँ आएर आन्दोलन थालेपछि सरकारले गम्भीरता देखाउँदै आवश्यक निर्णय गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप