कलाकारहरूको गोपनीयता र सुरक्षामा साइबर हमला हुने क्रम बढ्यो: भुवन केसी

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कलाकारहरूको गोपनीयता र सुरक्षामा साइबर हमला हुने क्रम बढेको बताएका छन् ।
मङ्गलवार चलचित्र विकास बोर्डले काठमाडौँमा आयोजना गरेको फिल्म साइबर सेक्युरिटी डेस्कबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ा केसीले प्रविधिका कारण सहज भएसँगै समस्या पनि बढिरहेको बताए ।
उनले प्रविधिले साइबर सुरक्षाको विषयमा नयाँ चुनौती थपेको बताए । केसीले कलाकारहरूको गोपनीयता र सुरक्षामा पनि साइबर हमला हुने क्रम बढ्दै गएको बताए । उनले साइबर हमलाको समस्याको समाधानका लागि विकास बोर्डले चलचित्र साइबर सेक्युरिटी सम्बन्धित डेडिकेटेड डेस्क हटलाइनसहित स्थापना गर्ने नीति लिएको स्पष्ट पारे ।
साइबर सुरक्षालाई बहुपक्षीय दृष्टिकोणबाट सम्बोधन गर्नुपर्ने बताए । नेपाली राष्ट्रिय चलचित्र उद्योगले सामना गरिरहेको साइबर सुरक्षा चुनौतीलाई सम्बोधन गर्न चलचित्र विकास बोर्ड प्रतिबद्ध रहेको उल्लेख गरे ।
‘प्रविधिका कारण हामीलाई दर्शसँग सहजै पुग्न र चलचित्र क्षेत्रको बिस्तार गर्न सहज भएको छ तर यसले नै साइबर सुरक्षाको विषयमा नयाँ चुनौती सिर्जना गरेको छ । हामीले नेपाली चलचित्रहरू अनलाइन लिक भएका प्रशस्त उदाहरण देखेका छौँ’, उनले भने, ‘यसले चलचित्र उद्योगलाई ठुलो नोक्सान भएको छ । यसबाहेक हाम्रा कलाकारहरूको गोपनीयता र सुरक्षामा पनि साइबर हमला हुने गरेको हामीले पाएका छौँ । यी चुनौतीहरूलाई सम्बोधन गर्न चलचित्र विकास बोर्डले चलचित्र साइबर सेक्युरिटी सम्बन्धित डेडिकेटेड डेस्क हटलाइनसहित स्थापना गर्ने नीति लिँदै सक्रिय कदम चाल्ने निर्णय गरेको छ । साइबर सेक्युरिटी एक जटिल मुद्दा हो । यसलाई हामीले बहुपक्षीय दृष्टिकोणबाट सम्बोधन गर्नुपर्ने हुन्छ । नेपाली राष्ट्रिय चलचित्र उद्योगले सामना गरिरहेको साइबर सुरक्षा चुनौतीलाई सम्बोधन गर्न चलचित्र विकास बोर्ड प्रतिबद्ध छ ।’
कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नबल खड्काले बोर्डले कर्मकाण्डी रूपमा मात्रै साइबर हमलाको विषयलाई उठाएको आरोप लगाए । उनले टिकटकले धेरै लामो समयको भिडियो अपलोड गर्न पाउने गरी विकास गरेकाले सबै भिडियो टिकटबाट नै सार्वजनिक हुने गरेको बताए ।
उनले भने, ‘विषय महत्त्वपूर्ण छ तर आउँदा छरपस्ट भएर आयो । समस्या हामी सबैलाई थाहा छ तर समाधान केही पनि आएन । अहिले कर्मकाण्डी जस्तो छलफल भयो । अहिले टिकटकले धेरै समस्या ल्याएको छ । टिकटकमा २ मिनेट ४ मिनेसम्मको मात्रै भिडियो आउँछ भन्थे अहिले त ४० मिनेटसम्मको हाल्न मिल्छ । त्यो प्रविधि रहेछ, दुई पटक हाल्दा त फिल्म सकियो । तर त्यसलाई रोक्ने संयन्त्र के छ हामीसँग । मरिसकेपछि उपचार खोजेर के हुन्छ ? कानुनी उपचार तत्काल हुनुपर्छ ।’
कार्यक्रममा सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले चलचित्रसम्बन्धी कानुनलाई नै बलियो बनाएर साइबर क्राइमका घटना कम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले प्रत्यक्ष असर परेका चलचित्रकर्मीहरुले उजुरी दिन कन्जुस्याइँ गर्नु नहुने बताए ।
प्रहरी उपरीक्षक रेग्मीले साइबर अपराध कम गर्नका लागि सबै सम्बन्धित निकायहरू मिलेर जनचेतनामुखी काम गर्न आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमसार संरक्षणले बढ्दै अजिङ्गरको सङ्ख्या
-
फलफूलखेतीका लागि प्रदान गरिने साधारण कर्जा नोक्सानी एक प्रतिशत हुने
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म