केदार न्यौपाने र चूडामणि जंगलीले छाडे एकीकृत समाजवादी
मङ्गलबार, १४ चैत २०७९, १५ : ३१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केदार न्यौपाने र स्थायी समिति सदस्य चूडामणि जंगलीले पार्टी छाडेका छन् । मंगलबार बसेको सचिवालय बैठकले न्यौपाने र जंगलीले दिएको राजीनामा स्वीकृत गरेसँगै उनीहरु एकीकृत समाजवादीमा नरहने निश्चित भएको हो ।
नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले न्यौपाने र जंगलीको राजीनामा स्वीकृत गरिएको बताए । दुबै जनाले मकवानपुरको एक कार्यक्रममा एमाले फर्किन थालेको भन्दै तस्वीर सार्वजनिक गरेका थिए । तत्कालीन नेकपाको पोलिटब्युरो सदस्य तथा एमालेमा २०४५ सालदेखि पटकपटक केन्द्रीय सदस्यको भूमिका निर्वाह गरेका न्यौपाने एमाले विभाजनसँगै एकीकृत समाजवादीको उपाध्यक्ष बनेका थिए।
एमालेमा रहँदा माधव नेपाल पक्षका न्यौपानेले पछिल्लो पटक एमालेसँग मिल्नुपर्ने लाइनमा अभिव्यक्ति दिँदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली खेलकुदमा दिनेभन्दा पनि लिने प्रवृत्ति हाबी छ
-
राष्ट्रिय खेलकुद खेलाडीका लागि कि पदाधिकारीका लागि ?
-
‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’
-
स्मार्टफोन र कम्प्युटरलाई कर छुट दिने अमेरिकाको निर्णयमा चीनले के भन्यो ?
-
विद्यालय भर्ना अभियानमा जनप्रतिनिधि परिचालन
-
उच्च अदालतको व्याख्या : प्रेममा सहमतिको सम्बन्ध जबरजस्ती करणी होइन