इयु हतियार कोषबाट पोल्याण्डलाई तीस करोड युरो प्राप्त हुने
मङ्गलबार, १४ चैत २०७९, १२ : १२
![इयु हतियार कोषबाट पोल्याण्डलाई तीस करोड युरो प्राप्त हुने](https://npcdn.ratopati.com/media/news/eu_B2wXs3Lzd6.jpg)
युरोपेली सङ्घ (इयु)को हतियार कोषबाट पोल्याण्डले तीस करोड युरो प्राप्त गर्ने भएको छ । युक्रेनलाई सैन्य उपकरण उपलव्ध गराएको पोल्याण्डलाई शोधभर्नास्वरुप कोषबाट उक्त रकम प्राप्त हुन लागेको हो ।
सङ्घको हतियार कोषबाट देशलाई तीस करोड युरो क्षतिपूर्तिस्वरुप प्राप्त हुने पोल्याण्डका प्रधानमन्त्री माटेउज मोराविकीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
पोल्याण्डले युक्रेनलाई सोभियत युगका टी–७२ ट्याङ्कका साथै गोलाबारुद स्वचालित रूपमा भर्ने उपकरण प्रदान गरेको छ । हालै वार्साले किएभलाई चार वटा मिग–२९ लडाकु विमान पनि हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
हालसम्म सङ्घमा आवद्ध कुनै पनि मुलुकले यति ठूलो परिमाणमा हातहतियार र उपकरण युक्रेनलाई उपलव्ध गराएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन राईलाई साढे २ वर्ष जेल सजाय तोकियो
-
सरकारले संसद्को प्रक्रिया मिचेको माओवादी केन्द्रको आरोप
-
रवि लामिछानेको बचाउमा किन उत्रिए प्रचण्ड ?
-
सरकारले अध्यादेश ल्याउनुको कारण जनतालाई बताउनुपर्छ : अध्यक्ष केसी
-
करिब ४० प्रतिशत किशोरीले ‘एचपिभी’ खोप लगाए
-
पाथीभरामा केबलकार बनाउने कुरा शान्तिपूर्ण संवादबाट टुंग्याउनुपर्छ : सांसद महत