अमेरिका : २८ वर्षीय पूर्व विद्यार्थीले विद्यालयमा गोली चलाउँदा तीन बालबालिकासहित ६ जनाको मृत्यु
अमेरिकाको टेनेसी राज्यको नासभिलमा रहेको एक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित छ जनाको मृत्यु भएको छ ।
गोली लागेर मारिएका बालबालिका ९ वर्षका छन् । गोली हानाहानमा मारिएका तीन वयस्कको उमेर ६०–६१ वर्षको आसपास रहेको छ ।
प्रहरीको जवाफी कारबाहीमा २८ वर्षीय आक्रमणकारी अड्रे हेलको मृत्यु भएको छ । उनी विद्यालयका पूर्व विद्यार्थी थिए ।
गोलीबारी भएको विद्यालय न्यासभिलको एउटा निजी विद्यालय हो जहाँ ११ वर्षसम्मका बालबालिका पढ्छन् ।
यो हमलापछि अमेरिकामा बन्दुक राख्ने कानुनमा परिवर्तनको बारेमा फेरि एक पटक पुरानो बहसको चर्चा सुरु भएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक हिंसाका घटनामा कारबाही गरिने बताएका छन् ।
घटनाप्रति दुःख व्यक्त गर्दै अमेरिकी राष्ट्रपतिले मार्चको अन्त्यसम्ममा राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन् ।
विद्यालय नजिकै बस्ने एक महिला क्याथीले स्थानीय सञ्चारमाध्यमलाई भनिन्, ‘सुरुवातका आठ वा दश सटहरू निकै चर्को थिए । विद्यालय हाम्रो घरबाट दुई ब्लक मात्र टाढा छ । यो धेरै दुखद कुरा हो र यस्तो घटना जो कोहीमाथि पनि हुन सक्छ ।’
न्यासभिलका प्रहरी प्रमुख जोन ड्रेकले एनबीसी न्युजलाई भने, ‘उनले आफ्नो बाटोमा आउने जो कोहीलाई गोली हाने ।’
आक्रमणकारी तेस्रो लिङ्गी भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी
-
मनमोहन : आर्थिक उदारीकरणका नायक, अथार्थवादी नेता
-
मनमोहन सिंहको निधनबारे के भन्यो अस्पतालले ?