जिब्राल्टरविरुद्ध नेदरल्याण्डको पुनरागमन

आम्सटर्डाम । फ्रान्सविरुद्धको हारबाट पुनरागमन गर्दै नेदरल्याण्डले युरो २०२४ को छनोट खेलमा पहिलो जीत हासिल गरेको छ । डच टोलीले १० खेलाडीमा सीमित जिब्राल्टारलाई ३–० गोलले हराएको हो ।
मेम्फिस डिपायले खेलको २३ औँ मिनेटमा गोल गर्दै नेदरल्याण्डलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५० औँ मिनेटमा नेथन आकेले टोलीको अग्रता दोब्बर बनाए । लगत्तै जिब्राल्टारका लियान वाकर रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।
८२ औँ मिनेट आकेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । खेलमा डच टोली पूर्णरुपमा हाबी देखिएको थियो । टोलीले बलमा ८६ प्रतिशत नियन्त्रण बनाउन सफल भएको थियो । जीतसँगै समूह बीमा नेदरल्याण्ड तेस्रो स्थानमा उक्लेको छ ।
नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा नेदरल्याण्डको पहिलो जीत हो । कोम्यानले यसअघि सन् २०१८ देखि २०२० सम्म नेदरल्याण्डको नेतृत्व सम्हालेका थिए । कतार विश्वकपपछि लुइस भान हाल बिदा भएसँगै उनी पुनः नेतृत्वमा फर्किएका हुन् ।
खेलमा जिब्राल्टारका फरवार्ड ली कास्यिारोले ४१ वर्ष १७९ दिनमा युरो छनोट खेल्दै सबैभन्दा धेरै उमेरका खेलाडीको कीर्तिमानलाई कायम राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६०० जनाभन्दा बढीको सहभागितामा त्रिदेशीय पर्यटन प्रदर्शनी सम्पन्न
-
१० बजे १० समाचार : अलपत्र बन्यो अध्यादेश, एमसीसीका लागि चार विकल्प
-
रुस र अमेरिकी कूटनीतिज्ञहरू बिहीबार इस्तानबुलमा भेट्ने
-
पूर्वी युक्रेनमा रुसी हमला : ५ जनाको मृत्यु
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)
-
जहाँ रातभर उभिएर बत्ती बालिन्छ, यस्तो छ धार्मिक विश्वास