‘कामिनो’ मा वर्षा र नीतिदेखि सौगातसम्म
काठमाडौँ । नेपाली चलचित्र ‘कामिनो’ को कलाकार चयन कार्य समापन भएको छ । दीपक ओलीको निर्देशनमा निर्माण हुने फिल्ममा केही समयअघि प्रदीप खड्का,वर्षा सिवाकोटी, नीति शाह हुँदै राजबल्लभ कोइराला अनि शुक्रबार मात्रै अर्का अभिनेता सौगात मल्ल अनुबन्धित भएका थिए ।
निर्माण पक्षले सोमबार ‘कामिनो’ मा भोलाराज सापकोटा,प्रवीण खतिवडा,रवीन्द्र झा,कुलदीप अधिकारी र आइपी आचार्यलाई अनुबन्ध गरेसँगै नेपाली कलाकारको ‘लाइन अप’ पूरा भएको जनाएको छ ।
एक्सेस नेपाल फिल्मस्को निर्माण,पूर्ण लामा कृएटिभ डिरेक्टर र सुनील बिष्ट गौली कार्यकारी निर्माता रहेको फिल्मको स्क्रिप्ट महेश दवाडीले लेखेका हुन् । नेपाल र ल्याटिन अमेरिकाका विविध स्थानमा छायाङ्कन हुने फिल्मको प्रमुख नेपाली कलाकार फाइनल भए तापनि एक जना भारतीय र एकजना ब्राजिलेयिन कलाकार भने छनौट गर्न बाँकी रहेको बताइन्छ ।
‘प्रमुख नेपाली कलाकार चयन कार्य सकिएको छ,’ निर्देशक ओलीले भने,‘बाँकी विदेशी कलाकार पनि केही दिनमै फाइनल गर्छौँ ।’ वैशाख दोस्रो साताबाट छायाङ्कन सुरु गरिने फिल्मको हाल वर्कसप कार्य भइरहेको छ । सौरभ लामाले खिच्ने फिल्ममा एसडि योगी र अलिस कार्कीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र दिनेश प्रकाश महराको प्रोडक्शन डिजाइन रहेको छ । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको फिल्मको सहायक निर्देशकमा सागर श्रेष्ठ छन् । स्क्रिप्ट लेखनमा लेखक दवाडीलाई कुञ्जन भट्टराईले सघाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु
-
अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलरको भाउ बढ्यो, कसको कति ?
-
च्याम्पियन्स लिग : इन्टरको शीर्षता कायमै, बार्सिलोनाले उछिन्न सक्ने
-
च्याम्पियन्स लिगमा आर्सनलको अघिल्लो यात्रा सहज
-
फेयेनुर्डले अंक खोस्दा पेप ग्वार्डिवलाको म्यान्सिटीलाई कष्ट
-
लेवान्डोस्की चम्किएपछि बार्सिलोनाले उठायो घरेलु मैदानको फाइदा