कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्यो, ६९ पुग्यो
सोमबार, १३ चैत २०७९, १७ : ३३

काठमाडौँ । बितेको २४ घण्टामा ६९ जनामा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ सय ६६ जनामा गरिएको नमुना परीक्षणमा ६९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमितमध्ये ४४ जनामा एन्टीजेन र २५ जनामा आरटीपीसीआर परीक्षण गर्दा पुष्टि भएको हो । गएको २४ घण्टामा सङ्क्रमित भएकामध्ये अधिकांश नेपाल भारत सीमा नाका हुँदै नेपाल प्रवेश गर्नेहरू रहेको स्वास्थ्य मन्त्रालयमा सह प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । सोमबार एकाएक सङ्क्रमित बढेको तथ्याङ्कले देखिएको छ । आइतबार सङ्क्रमितको सङ्ख्या १६ जना थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका ७१८ वडालाई वर्गीकरण गरेर विषादी प्रयोगमा कडाई
-
ला लिगामा सेल्टा भिगो र लस पल्मसले अंक बाँडे
-
धर्मामा बसेका कर्मचारीको आँखा छलेर मध्यरातमा प्रदेश निजामती विधेयक पारित
-
उत्खननका क्रममा महाभारतकालीन ‘दरबारको जग’ भेटियो
-
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता