मिटरब्याजी पीडितको चेतावनी : खुलामञ्चमा छिर्न नदिए आगो बल्छ

काठमाडौँ । तराईबाट आएका मिटरब्याजी पीडितहरूले खुला मञ्च पस्न नदिए आगो बाल्ने चेतावनी दिएका छन् । खुलामञ्चमा बास बस्न भित्र पस्न खोज्ने पीडितहरूलाई महानर प्रहरीले अवरोध गरेपछि उनीहरुले महानरका मेयर बालेन साहको समेत विरोध गरेका छन् ।
‘आजभन्दा आठ महिना पहिला हामी बालेन साहको अफिसमा गएका थियौँ ।’ अत्तरको वासना लगाउन बानी परेका बालेनले सुस्ताबाट आएका पीडित किसानलाई बस्न दिएन,’ भाषण गर्दै एक मिटरब्याजी पीडितले भने, ‘आज मधेसबाट मिटरब्याजी पीडितहरु १२ दिनसम्म पैदल यात्रा गरेर आएका छन् । बालेन साहले रोकिरहेका छन् । हाम्रै करबाट चलेका सुरक्षाकर्मीहरूले छेकिरहेका छन् ।’
‘बालेनको तलब खानु भएको छ कि हाम्रो कर खानु भएको छ,’ भन्दै ती पीडित मिटरब्याजी पीडितले प्रश्न गरे । ‘हामीलाई भित्र पस्न नदिए आगो लगाउने छौँ,’ उनले भने, ‘कैलालीदेखि झापासम्म आन्दोलन जारी छ । यो आन्दोलन रोकिने छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जिब्रो छेड्ने जात्राको पूर्वतयारी : हात नभएको लिङ्गो उठाइयो
-
उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव अनुरुप बजेट निर्माण गर्न अध्यक्ष ढकालको अनुरोध
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
प्रधानमन्त्रीबाट तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण
-
लेखक लाठले ल्याए गैरआख्यान ‘सीमान्त सम्झना’
-
तीन जिल्लामा आगलागीका घटना : लाखौँको धनमाल जलेर नष्ट